Premier Cables
Premier Steel

विराटनगर

मेरिल्याण्डको वक्तृत्वकलामा श्रेयान्स प्रथम

नोट: यो समाचार २ महिना अघिको हो

Calendar शुक्रबार, साउन ३०, २०८२  | अपराह्न ३:५५ बजे

विराटनगर । विराटनगरस्थित मेरिल्याण्ड कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा श्रेयान्स पौडेल प्रथम भएका छन् ।

‘महँगी, बेरोजगारी र युवाको भविष्य’ शीर्षकमा आयोजित प्रतियोगितामा १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै पौडेल प्रथम भएका हुन् ।
प्रतियोगितामा स्याक्रिन सुवेदी दोस्रो हुँदा प्रफुल मेहता तृतीय भए ।

बिज्ञापन

प्रतियोगितामा वसुन्धरा मण्डलले प्रोत्साहन पुरस्कार प्राप्त गरिन् । कवि एवं पत्रकार मीनकुमार नवोदित र प्राध्यापक नरेश पौडेलको निर्णायक समितिले पुरस्कृतहरुको नाम घोषणा गरेको थियो । सम्बोधन, विषयवस्तुप्रतिको ज्ञान, प्रस्तुति, शारीरिक हाउभाउ, भाषाशैली, मौलिकतालगायतलाई आधार मानेर निर्णय गरिएको प्रमुख निर्णायक मीनकुमार नवोदितले जानकारी दिए ।

पुरस्कृतहरुलाई कलेजका अध्यक्ष गुणराज ढुंगेल, प्राचार्य लक्ष्मण ढकाल, कलेजका सञ्चालक प्रा.डा. पिके झा, भेषराज पोखरेल, पेशल पोखरेल, प्रदीप भगत, निर्णायक नवोदितलगायतले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए । विद्यार्थीभित्र रहेको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्राचार्य ढकालले जानकारी दिए ।

कलेजले अध्ययन सँगसँगै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकतामा राखेको उनको भनाइ थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka