Premier Cables

कोशी प्रदेश

इलाममा निरन्तर झरी : एकजनाको मृत्यु, धेरै सडक अवरुद्ध

Calendar बिहिबार, साउन २९, २०८२  | बिहान १०:२० बजे

इलाम । अविरल वर्षाले इलाममा धनजनको क्षति गरेको छ । एक जनाको मृत्यु भएको छ भने विभिन्न सडक अवरुद्ध बनेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार रोङ गाउँपालिका–४, मानाबुङमा स्थानीय ६० वर्षे वीरबहादुर राई (कान कम सुन्ने)को मृत्यु भएको छ ।

बिज्ञापन

घरबाट करिब तीन सय मिटर पश्चिमस्थित बाटोमा पैदल हिँडिरहेका बेला खोल्सामा एक्कासि लेदोसहित पहिरो आएर पुुरेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोले मेची राजमार्गका विभिन्न स्थानमा लेदो थुुप्रिँदा सवारी साधन चल्न समस्या भइरहेको छ । फाकफोकथुम गाउँपालिका-१, पचेवास्थित आमचोकदेखि घुर्बिसे पञ्चमी हुँदै राँके इलाम आउने भित्री कच्ची सडक अवरुद्ध छ । लेदोसहितको पहिरो झरी सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

इलाम नगरपालिका ११, सोयाकमा केचना–कञ्चनजंघा मार्गमा पहिरो झर्दा सवारी साधन चल्न बन्द भएका छन् । माई नगरपालिका ९, सोक्तिमस्थित इलाम-बिर्तामोड भित्री सडक खण्डमा रुखसहित पहिरो झरेपछि बाटो अवरोध भएको छ ।

सूर्योदय नगरपालिका ६, हर्कटेबाट गुगल रिसोर्ट जाने बाटामा केसर कटवालको घरको माथिको भागबाट पहिरो गएको छ ।

इलाम नगरपालिका ९, गोलबस्तीका राकेश थापामगरको टिनको छानो र इँटा-माटोले बनेको २ तले घर आधा भत्किएको छ । वर्षाका कारण जीर्ण घरको दक्षिणतर्फको आधा भाग भत्किएको प्रहरीले जनाएको छ । घटनामा दुई जना घाइते भएका छन् ।

हिजो अपराह्नदेखि इलामका अधिकांश स्थानमा निरन्तर पानी परिरहेको छ । बिहान केहीबेर बिदो भएपनि अहिले पानी परिरहँदा पहिरो र बाढीको जोखिम बढ्दैछ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka