Premier Cables
Premier Steel

कोशी प्रदेश

क्रिकेटर ललित राजवंशीको घर सांसद अर्यालले निर्माण गरिदिने, परिवारद्वारा प्रस्ताव स्वीकार

नोट: यो समाचार १ महिना अघिको हो

Calendar सोमबार, साउन २६, २०८२  | राती ९:१५ बजे

विराटनगर । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा कोसी प्रदेश सभा सदस्य अमृत अर्यालले राष्ट्रिय क्रिकेटर ललित राजवंशीको घर निर्माण गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

माताको निधनपछि क्रियाकर्ममा रहेका राजवंशीलाई समवेदना दिन सोमबार नेता अर्याल र प्रदेशको भौतिक पूर्वाधार राज्य मन्त्री भूमि राजवंशी विराटनगर १४ स्थित निवास पुगेका थिए ।

बिज्ञापन

अर्यालले आफूले पहल गर्ने र सरकारको जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण हुने बताए । क्रिकेटर राजवंशीको घर रहेको ठाउँ अर्यालको निर्वाचन क्षेत्रभित्र पर्छ । अर्यालले भने, ‘सरकारकै कार्यक्रम अन्तर्गत जनता आवास कार्यक्रम चलिरहेको छ । हरेक प्रदेश सभा सदस्यले ६ वटा घर निर्माणका लागि सिफारिस गर्न पाउने प्रावधान छ सोहीअनुसार म पहल लिने छु ।’

राज्यमन्त्री भूमि राजवंशीले प्रदेश सरकारले विपन्न परिवारका लागि घर निर्माण गरिदिँदै आएको बताए । उनले भने,’त्यो क्षेत्र अर्याल ज्यूकै रहेछ । क्रिकेटरको घरको अवस्था देखेर उहाँले पहल लिने भन्नु भएको हो । त्यो कुरालाई ललितका परिवारले पनि स्वीकार गर्नु भएको छ ।’

क्रिकेटर राजवंशीको आमा शुभकुमारी देवी राजवंशीको ६३ वर्षको उमेरमा आइतबार निधन भएको हो। उनको परिवारको आर्थिक अवस्था निकै कमजोर रहेको बताइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka