Premier Cables

राजनीति

अमृत अर्यालको आपत्ति: वहुमतले विशेष महाधिवेशन मागेको हो

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक २०, २०८२  | राती ८:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले पार्टीको विशेष महाधिवेशन माग गर्ने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरलाई अस्वीकार गर्न खोजिएको भन्दै आपत्ती जनाएका छन् ।

काँग्रेस केन्द्रीय समितिको जारी बैठकमा बिहीबार बोल्दै अर्यालले पार्टीको विधानअनुसार महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेकोले त्यसलाई अमान्य भन्नु हाँस्यास्पद भएको बताए ।

विज्ञापन

त्यही महाधिवेशन प्रतिनिधिहरूले सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य चयन गरेको स्मरण गराउँदै अर्यालले ती प्रतिनिधिलाई अस्वीकार गर्न नमिल्ने बताए । ‘कृष्ण सिटौला दाइले हस्ताक्षरस्वीकार्य हुँदैन भन्ने हिसाबले बोल्नुभयो, उहाँजस्ता नेताले यस्तो कुरा गर्नु हुँदैन’ उनले भने, ‘तिनै महाधिवेशन प्रतिनिधिले सभापतिमा शेरबहादुर देउवालाई ६० र शेखर कोइरालालाई ४० प्रतिशत मत दिएका होइनन् र ? त्यसबेला वैध, अहिले अवैध भनेर कसरी भन्न सकिन्छ ?’

अर्यालका अनुसार विशेष महाधिवेशन अभियानमा सहभागी भएका प्रतिनिधिहरूलाई असत्य वा अवैध ठहर्याउनु पार्टीको आन्तरिक लोकतान्त्रिक संस्कृतिका लागि खतरा हो । सिटौलाकै क्षेत्रका ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेको बताउँदै उनले त्यसलाई दबाएर जान खोजेकोप्रति आपत्ती जनाए ।

पार्टीभित्र उत्पन्न विवादलाई प्रतिष्ठाको विषय नबनाई समाधान खोज्न नेतृत्वको अर्यालले ध्यानाकर्षण गराए। नियमित वा विशेष, जे गरे पनि समयमै महाधिवेशन गर्नुपर्ने उनको भनाइ छ ।

आफूहरु हामी हस्ताक्षर मतदाता मात्रै भएको भन्दै अर्यालले नेतृत्व गर्नेहरू पूर्णबहादुर खड्का, गगन थापा, शेखर कोइरालाहरु नै भएकोले परिस्थिति बुझेर निर्णय लिन सुझाब दिए ।

कोशी प्रदेशमा ७४ प्रतिशतले महाधिवेशनको लागि हस्ताक्षर गरेको भन्दै अर्यालले त्यसलाई पेलेर जान सक्ने अवस्था नरहेको बताए ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka