Premier Cables

खेलकुद विराटनगर

क्रिकेटर ललितलाई समवेदना दिन निवास पुगे मुख्यमन्त्री

Calendar सोमबार, साउन २६, २०८२  | बिहान ११:१७ बजे

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राष्ट्रिय क्रिकेट खेलाडी ललित राजवंशीकी आमाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

मुख्यमन्त्री कार्की सोमबार(आज) विराटनगर–१४ स्थित राजवंशी निवास पुगेर शोकसन्तप्त परिवारजनसँग भेटघाट गरी समवेदना प्रकट गरेका हुन् ।

बिज्ञापन

राष्ट्रिय टोलीका सदस्य ललित राजवंशीकी आमा शुभकुमारी देवी राजवंशीको ६३ वर्षको उमेरमा निधन भएको हो। मुख्यमन्त्री कार्कीले शोकाकुल परिवारलाई धैर्य र सम्बल प्राप्त होस् भन्ने कामना समेत गरेका छन् । विदेशमा रहेका ललित खेल छाडेर विराटनगर आई पुगेका छन् ।

*** समाप्त ***
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka