Premier Cables
Premier Steel

कोशी प्रदेश राजनीति

सभामा लिम्बू भाषामा सम्बोधन, सचिवालयलाई ‘भर्भेटिमकाे टेन्सन’

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन २५, २०८२  | राती ९:०३ बजे
Hamro Biratnagar Headlines

विराटनगर । कोसी प्रदेश सभाको सातौँ अधिवेशनको ३२औँ बैठक आइतबार बस्दा एक ऐतिहासिक क्षण बनेको छ। सभामा पहिलो पटक कुनै सदस्यले विशेष समयमा आफ्नै मातृभाषामा सम्बोधन गरेका छन्।

दैनिक कार्यसूचीअनुसार सो दिन “कोसी प्रदेश सभा सरकारी कामकाज भाषा सम्बन्धी विधेयक” टेबुल हुने तयारी थियो। शून्य समय सकिएपछि सभामुख अम्बरबहादुर बिष्टले जनता समाजवादी पार्टी (जसपा) संसदीय दलकी नेता निर्मला लिम्बूलाई विशेष समयमा बोल्ने अवसर दिए।

बिज्ञापन

तर, लिम्बूले नेपालीमा ‘माननीय सभामुखज्यू’ भनेर सुरु नगरेर आफ्नो सम्बोधन लिम्बू भाषामा सुरु गरिन्- “चुम्लुङ ताङ्वा आदङ्वा।” उनलाई दिइएको १० मिनेटको समय उनले पूर्ण रूपमा लिम्बू भाषामै प्रयोग गरिन्।

सम्बोधनमा उनले भाषा आयोगले मैथिली र लिम्बूलाई चलनचल्तीमा ल्याउन पहिल्यै पहल गरे पनि व्यवहारमा कार्यान्वयन न भएको गुनासो गरिन्। साथै, महिलासँग सम्बन्धित बहुविवाहसम्बन्धी कानुनको हालको बहसप्रति गम्भीर चिन्ता व्यक्त गरिन्।

उनको भनाइमा, “यदि प्रस्तावित कानुन त्यस्तै पारित भयो भने महिलाहरू थप समस्यामा पर्न सक्छन्। पुरुषलाई बहुविवाह गर्ने अधिकार दिने हो भने समानताको आधारमा महिलालाई पनि बहुपति लिन पाउने अधिकार दिनुपर्छ।” उनले चेतावनी दिइन् कि यस्तो कानुनले परिवार र महिलाको जीवन बर्बाद गराउन सक्छ, विशेषगरी भावनात्मक शोषण र प्रलोभनका कारण।

भर्भेटिङ कसरी ?
लिम्बूको मातृभाषामा भएको सम्बोधनलाई प्रदेश सभाको आधिकारिक अभिलेख ‘भर्भेटिङ’मा कसरी उतार्ने भन्ने प्रश्न उठेको छ।

कार्यवाहक प्रदेश सभा सदस्य गौतमराज अमात्यका अनुसार, “हामी यस विषयमा सभामुखसँग छलफल गर्दैछौं। योजना भनेको- दोभाषे राखेर लिम्बू भाषाबाट नेपालीमा अनुवाद गर्ने र एक प्रतिलिपि लिम्बू भाषामै भर्भेटिङ गर्ने हो।”

भर्भेटिङ भन्नाले प्रदेश सभामा सदस्यले बोलेको कुरा जस्ताको तस्तै लिपिबद्ध गरी अभिलेखका रूपमा सुरक्षित राख्ने र आवश्यक परे प्रकाशित गर्ने प्रक्रिया हो।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka