Premier Cables
Premier Steel

मौसम

कोसी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन २३, २०८२  | बिहान ८:२८ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । आज केही प्रदेशहरूमा वर्षा हुने सम्भावना रहेको छ, जसमा हल्का देखि भारी वर्षासम्मको आसार रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसोमा देशभर सामान्यतया मौसम बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रहरूमा बढी वर्षा हुने सम्भावना छ। यस्तै, बाँकी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानहरूमा र मधेस र अन्य तराई क्षेत्रमा थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ।

बिज्ञापन

लुम्बिनी प्रदेशको तराई र कोसी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

विभागले राती पनि सामान्यतया मौसम बदली रहने बताएका छन्। मधेस प्रदेश, कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका थोरै स्थानहरूमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

कोसी र वाग्मती प्रदेशका पहाडी क्षेत्रमा पनि केही स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेको विभागको भनाइ छ।

मनसुनको न्यून चापीय रेखा नेपालको तराई क्षेत्रको उत्तरतर्फ अवस्थित छ। देशभर मनसुनको प्रभाव भने रहेको भए तापनि, जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको विभागले स्पष्ट पारेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka