Premier Cables
Premier Steel

अपराध

सप्तरीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु

नोट: यो समाचार २ महिना अघिको हो

Calendar बुधबार, साउन २१, २०८२  | बिहान ८:२९ बजे

सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा गएराति प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।

तस्करी रोक्न पुगेका प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीको गोली लागेर अन्दाजी ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो ।

बिज्ञापन

मध्यराति तस्करी भइरहेको भनी आएको गोप्य सूचनाका आधारमा खटिएका प्रहरीमाथि केही स्थानीयले ढुंगामुढा गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

सोही क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय यादवको मृत्यु भएको हो । गोली लागेर घाइते भएका यादवलाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको थियो । उपचारकै क्रममा उनको ‌ मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले स्थिति नियन्त्रणमा लिन केही राउन्ड गोली चलाएको र तिघ्रामा गोली लागेका यादवको उपचारको क्रममा मृत्यु भएको बताए ।

उनका अनुसार झडपमा एक जना प्रहरी पनि घाईते भएका छन् । झडपपछि भारततर्फ तस्करी गर्न लागेको केही कार्टुन मदिरा समेत नियन्त्रणमा लिएको जनाइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka