Premier Cables
Premier Steel

शेयर बजार

तीन दिनपछि बढेकाे बजारमा १० अर्ब ८२ करोडकाे कारोबार

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन १९, २०८२  | साँझ ४:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार परिसूचक नेप्से १६.४६ अंकले बढेर २८७५.३६ बिन्दुमा उक्लिएको छ ।

आज कुल १० अर्ब ८२ करोड २४ लाख ४९ हजार चार सय दुई रुपैयाँको सेयर कारोबार भएको छ ।

बिज्ञापन

आज दिनभर कुल ३२५ कम्पनीको २ करोड ७१ लाख ६९ हजार ७ सय ५५ कित्ता सेयर कारोबार भएको छ । सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको ५५ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

आजको कारोबारमा सबैभन्दा बढी थ्रीस्टार हाइड्रोका लगानीकर्ताले कमाएका छन् भने ट्रेड टावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्।

सेयर बजार बन्द भएको केही समयपछि नै आज नेप्सेको वेबसाइट डाउन भएको थियो।

बजार बन्द भएको करिब २० मिनेटपछि सामान्यतया: नेप्सेले दिनभरको वास्तविक कारोबार विवरण सार्वजनिक गर्ने गर्छ। तर, आज बजार बन्द भएको करिब १ घन्टापछि मात्र अपडेट आएको छ।

बजार बन्द हुनेबित्तिकै नेप्से परिसूचक १६ अंकले बढेको देखाएको थियो । टीएमएसमा भने परिसूचक १३ अंकले बढेको र कारोबार रकम १० अर्ब ८२ करोड रुपैयाँ देखिएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka