Premier Cables
Premier Steel

अर्थ

झापाका सहकारी संस्थाहरुमा पैसा थुप्रियो, कुनमा कति वचत ?

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन १९, २०८२  | अपराह्न १:१४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बिर्तामोड । झापाका सहकारी संस्थाहरुमा वचतको रकम थुुप्रिएको छ । सहकारीहरुमा तरलता बढेसँगै लगानी गर्ने क्षेत्रको खोजी शुरु भएको हो ।

२०८२ को असारसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार तरलता पर्याप्त रहेको पाइएको हो।

बिज्ञापन

सहकारी संस्थामा कम्तीमा १५ प्रतिशत तरलता हुनुपर्ने भए पनि ३६ प्रतिशतसम्म तरलता भएको झापा जिल्ला सहकारी संघका सचिव भवानीप्रसाद दंगालले बताए। ‘अहिले ठूला सहकारीमा पैसा थुप्रिएको छ भने साना सहकारीले भनेका बेलामा बचत फिर्ता गर्न सक्ने अवस्था देखिदैन,’ उनले भने, ‘सहकारी संस्थाले लगानी वृद्धिका लागि उपयुक्त योजना ल्याउने पर्ने अवस्था छ।’

मुलुककै ठूलोमध्येको बिर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २०८२ असार मसान्तको अपरिष्कृत वित्तीय विवरण अनुसार ३६.२१ प्रतिशत अर्थात् रु ५ अर्ब १२ करोड ६१ लाख ६० हजार २०२ तरलता छ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्थामा २४.९५ प्रतिशत अर्थात् रु २ अर्ब ८४ करोठ ६६ लाख ९९ हजार २३३, कर्णाली बचत तथा ऋण सहकारी संस्थामा १९.५२ अर्थात् रु ६८ करोड २५ लाख ३ हजार ८१३, हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थामा १९. ०५ प्रतिशत अर्थात् रु ३२ करोड ८४ लाख ५३ हजार ५६० र सिम्रिक बचत तथा ऋण सहकारी संस्थामा १७.३२ प्रतिशत तरलता रहेको अपरिष्कृत वित्तीय विवरणमा छ।

सहकारी संस्थाले बिनाधितो लगानी गर्दा अहिले लगानी जोखिममा पर्दै गएकाले थप चुनौती देखिएको सचिव दंगाल बताउँछन्। पछिल्लो समय झापाको सहकारी क्षेत्रमा उल्लेख्य सुधार आएको उनको भनाइ छ। झापामा हाल ७५३ वटा सहकारी संस्था छन्। ती सहकारी संस्थामा वार्षिक करिब रु तीन खर्बको वित्तीय कारोबार हुने गरेको छ।

दंगालका अनुसार कोशी प्रदेशमा रु एक अर्बभन्दा बढीको वासताल भएको १४ वटा सहकारी छन्, जसमा ११ वटा झापामा छन् भने दुई मोरङ र एउटा सुनसरीमा छन्। कोशी प्रदेशमा २८ सहकारी कारबाहीमा परेका छन् भने झापामा ७वटा कारबाहीमा परेको उनले जानकारी दिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka