Premier Cables
Premier Steel

विराटनगर

मोरङमा प्रतिबन्धित लागुऔषधसहित एक जना पक्राउ

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन १४, २०८२  | बिहान १०:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङको केराबारी गाउँपालिका–७ बाट प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले विशेष सूचनाको आधारमा मेडिकल पसलमा छापा मारेर उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्ने व्यक्ति मोरङको बेलबारी नगरपालिका–८ बस्ने २८ वर्षीय मिनिन कुमार हुन्। उनले सञ्चालन गर्दै आएको मेडिकल पसलबाट प्रहरीले प्रतिबन्धित लागुऔषध Dekolik ५४०० ट्याबलेट र Tramadol ५४०० ट्याबलेट बरामद गरेको जनाएको छ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय मोरङले लागुऔषध नियन्त्रण विशेष टोली खटाएर सो कोठाबाट उक्त औषधिहरू बरामद गरेको जानकारी दिएको छ। बरामद औषधिहरू बिना अनुमति तथा नियमनविना बेचबिखनको तयारीमा राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका मिनिन कुमारलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी कैलाश खड्काका अनुसार यस विषयमा थप अनुसन्धान भइरहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka