Premier Cables
Premier Steel

अर्थ विराटनगर

कर्जा नतिरेपछि मेगाटेक विराटनगरमा नबिल बैंकको ताला

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन ०७, २०८२  | राती ९:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कर्जा नतिरेको कारण चर्चित कम्प्युटर तथा इलेक्ट्रोनिक उपकरण विक्रेता कम्पनी मेगाटेक सोलुसन को विराटनगरस्थित मुख्य पसल र गोदाममा नबिल बैंक ले बुधबार शिलबन्दी गरेको छ।

बैंकका प्रतिनिधिहरूले प्रहरीको रोहबरमा विराटनगर–७ मेनरोडमा रहेको मेगाटेकको मुख्य बिक्री कक्ष र सोही परिसरभित्र रहेको कम्प्युटर मर्मत कक्षमा तालाबन्दी गरेका हुन्। साथै, संचालकको घरमा रहेको गोदाम पनि शिलबन्दी गरिएको बैंकले जनाएको छ।

बिज्ञापन

नबिल बैंकका कोशी प्रदेश कार्यालय प्रमुख दीपक कुमार श्रेष्ठका अनुसार, मेगाटेक सोलुसनले बैंकबाट कर्जा लिँदा पसल र गोदाममा रहेको स्टक तथा अन्य सामानलाई धितोका रूपमा राखेको थियो। तर, कर्जाको साँवाब्याज तोकिएको समयभित्र नतिरेको र शर्तहरूको उल्लंघन भएको भन्दै बैंकले कानुनी प्रक्रिया अनुसार सम्पत्ति नियन्त्रणमा लिँदै तालाबन्दी गरेको हो।

बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “तोकिएको भाखा अवधिभित्र कर्जा नतिरेको र कर्जाका शर्तहरूको उल्लंघन भएकाले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा वडा कार्यालयका पदाधिकारीहरूको रोहबरमा शिलबन्दी गरिएको हो।”

शिलबन्दीपछि मेगाटेकका संचालकहरू बैंकसँग सम्पर्कमा पुगेको र सावाँब्याज भुक्तानीको प्रक्रिया अघि बढेपछि बैंकले आवश्यक प्रक्रिया पुर्‍याएर तालाबन्दी हटाउन सक्ने जनाइएको छ।

देशभर शाखा विस्तार गर्दै आएको मेगाटेक सोलुसनले काठमाडौं लगायत प्रमुख शहरहरूमा कम्प्युटर, इलेक्ट्रोनिक पार्ट्स, एशियन कम्पनीका ब्याट्री लगायतका सामग्रीको आयात, उत्पादन तथा वितरण गर्दै आएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka