Premier Cables
Premier Steel

विराटनगर

विराटनगर-१५ मा पीपलको रुखले किचेर एक दर्जन बिजुली पोल ढले

नोट: यो समाचार १ महिना अघिको हो

Calendar बुधबार, साउन ०७, २०८२  | अपराह्न १२:२७ बजे

विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थित बस्ती नजिकैको ठूलो पीपलको रुख अचानक ढल्दा कम्तीमा एक दर्जन विद्युत् पोल सडकमा लडेका छन्।

घटनास्थलमा तत्कालै नगरप्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिई रुख हटाउने कार्यमा जुटेको छ।

बिज्ञापन

स्थानीय बासिन्दाका अनुसार, रुख निकै पुरानो र जीर्ण अवस्थामा थियो र बारम्बार यसको अवस्थाबारे सम्बन्धित निकायलाई जानकारी दिइएको भए पनि कुनै कदम चालिएको थिएन। रुख ढल्दा विद्युतका तार चुँडिएर सडकमा छरिएका छन्, जसका कारण पुरै क्षेत्र विद्युत् विहीन भएको छ। यता, सडक अवरुद्ध हुँदा स्थानीय यातायात पनि प्रभावित भएको छ।

स्थानीयवासीको आक्रोश विद्युत प्राधिकरणप्रति देखिएको छ। उनीहरूले यस्तो जोखिमपूर्ण रुखको समयमै कटान नगरेको र कुनै पूर्वतयारी नगरेको भन्दै गम्भीर लापरबाही भएको आरोप लगाएका छन्।

नगरप्रहरीका अनुसार, उद्धार कार्य जारी छ र चाँडै सडक तथा विद्युत सेवा पुन:स्थापना गरिने प्रयास भइरहेको छ।

Hamrobiratnagar | Biratnagar News Portal

विपद् व्यवस्थापनका दृष्टिले यस्तो घटनाबाट पाठ सिक्दै स्थानीय निकाय र विद्युत प्राधिकरणले समयमै निरीक्षण र पूर्वतयारी गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka