Premier Cables
Premier Steel

अपराध

मायामा मोहभंग : प्रेमीको हत्या गरी भागेकी प्रेमिका पक्राउ

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन ०५, २०८२  | साँझ ५:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

जनकपुरधाम । जनकपुरधामको ‘होटेल एसपी एण्ड गेष्टहाउस’मा प्रेमिकाको छुरा प्रहारबाट प्रेमीको ज्यान गएको छ।

महोत्तरी गाउँपालिका–१ का ३२ वर्षीय विमलेश यादवको हत्या अभियोगमा महोत्तरी बनौटा घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–४ मा बस्दै आएकी २१ वर्षीया जुली झालाई प्रहरीले पक्राउ गरेको छ।

बिज्ञापन

शनिबार राति करिब पौने १० बजे उनीहरू होटलको कोठा नम्बर १०२ मा प्रवेश गरेका थिए। करिब पाँच घण्टापछि यादव रक्ताम्मे र नग्न अवस्थामा फेला परेपछि अस्पताल लगिएको थियो। प्रमिकाले उनलाइ छुरा हानेर बार्दलीबाट झारिदिएकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।

गम्भीर घाइते अवस्थाका यादवको उपचारका क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भयो। घटनापछि फरार भएकी झा आइतबार पक्राउ परेकी हुन्।

प्रहरी अनुसन्धानका अनुसार झा र यादव तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए। प्रारम्भिक अनुसन्धानले उनीहरूबीच आर्थिक लेनदेनको विषयमा विवाद हुँदा हत्या भएको देखाएको छ। मृतक यादव विवाहित थिए र उनका दुई सन्तान छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka