Premier Cables
Premier Steel

शेयर बजार

२२ करोड ठगी आरोपमा सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन ०५, २०८२  | अपराह्न २:२६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । चर्चित सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल ठगी र विश्वासघातको आरोपमा पक्राउ परेका छन्। काठमाडौं जिल्ला प्रहरी परिसरले अग्रवाललाई टोखाबाट पक्राउ गरेको पुष्टि गरेको छ।

प्रहरी परिसरका प्रमुख विश्व अधिकारीका अनुसार, अग्रवाललाई २२ करोड रुपैयाँ बराबरको ठगी अभियोगमा पक्राउ गरिएको हो। उनले सेयर कारोबारको नाममा लगानीकर्ता र धितोपत्र दलाल कम्पनीहरूलाई ठग्दै आएको अनुसन्धानमा खुलेको छ।

बिज्ञापन

प्रहरीका अनुसार, अग्रवालले सेयर बजारमा कम मूल्यमा सेयर खरिद गरेर, त्यसपछि सामाजिक सञ्जालमार्फत सेयरको मूल्य बढ्ने आश्वासन दिँदै लगानीकर्तालाई खरिद गर्न उक्साउने गर्थे। लगानीकर्ता सक्रिय भएपछि उनले आफ्नो सेयर उच्च मूल्यमा बिक्री गर्थे।

१५ वटा टीएमएस खाता (कारोबार व्यवस्थापन प्रणाली)मार्फत अग्रवालले आफैं सेयर किनबेच गर्ने र मूल्य कृत्रिम रूपमा बढाउने कार्य गर्दै आएका थिए। एक तहमा मूल्य पुगेपछि, उनले अघिल्ला खरिद मूल्यभन्दा महँगोमा सेयर फिर्ता विक्री गर्ने रणनीति अपनाउँदै आएको प्रहरीले जनाएको छ।

त्यसैगरी, अग्रवालले अरूको कारोबार खाता चलाउने, धितोपत्र दलालहरूबाट लिएको रकम नफर्काउने, र एउटा खाताको पैसा अर्कोमा ट्रान्सफर गर्ने जस्ता गतिविधि गर्दै आएका थिए। यसबारेमा नेपाल धितोपत्र बोर्डमा उजुरी परेको थियो र बोर्डले अनुसन्धानपश्चात कारबाही प्रक्रिया अघि बढाएको थियो।

सेयर बजारमा प्रभावशाली अनुहार मानिने अग्रवालको यस्तो क्रियाकलापले सामान्य लगानीकर्तामा विश्वास संकट पैदा गराएको छ। अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka