मौसम
कोसी प्रदेशका केही भू-भागमा मध्यम वर्षाको सम्भावना
नोट: यो समाचार ५ महिना अघिको हो
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर (नेपाल नजिक) रहेको र देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा भने मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
बिज्ञापन
आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान छ । देशका उच्च–पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/हिमपातको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार गत २४ घण्टामा सबैभन्दा धेरै वर्षा कञ्चनपुरको हनुमाननगर (भाम्का) केन्द्रमा रेकर्ड भएको छ ।
हनुमाननगर २४ घण्टामा १२५ मिलिमिटर वर्षा रेकर्ड भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हनुमाननगर नजिकको दोधारा वर्षा मापन केन्द्रमा ८७.२ मिलिमिटर वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गरी हनुमाननगरमा मध्यम वर्षा भएको र आसपासको क्षेत्र भई बग्ने साना खोलाहरूमा बहाव बढ्न सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन भनेको छ ।
कैलालीको धनगढी विमानस्थलमा पनि पानी परिरहेको छ । त्यहाँ पछिल्लो तीन घण्टायतामात्रै ३९.८ मिलिमिटर वर्षा मापन भएको छ ।
गण्डकी प्रदेशमा पर्ने स्याङ्जामा २४ घण्टाको अवधिमा ९९ मिलिमिटर र सिन्धुपाल्चोकको चौतारामा ४०.९ मिलिमिटर वर्षा रेकर्ड भएको छ । चौतारामा एक घण्टाको अवधिमै २१ मिलिमिटर वर्षा भएको छ ।
Bagmati

- कोशी राजमार्गमा सडकमै चालकको स्वास्थ्य परीक्षण र सचेतना कार्यक्रम
- दमकमा खोला किनारमा तीन इन्सास राइफल फेला
- इमरान खान र पत्नी बुशरा बीबीलाई १७–१७ वर्षको कठोर कारावास सजाय
- पश्चिमी बायुको प्रभावसँगै तराईमा हुस्सु-कुहिरोले बढ्यो चिसो
- नोबेल अस्पतालको पाँच तलाबाट खस्दा चिकित्सकको मृत्यु
- महाधिवेशन कार्यतालिका फेर्न कांग्रेसमा छलफल
- चुनाव आउन अढाई महिना बाँकी, सवारी इजाजत खुला
- सभामुख छान्न मधेस सभामा आज निर्वाचन
- मोरङबाट राष्ट्रिय जनावर गाईको संगठित तस्करी: मोरङको ‘छलगाछी’ नाका प्रयोग हुँदै
- विराटनगर महानगर कांग्रेस सभापतिमा अभिषेक गिरीको उम्मेदवारी घोषणा









