Premier Cables
Premier Steel

समाचार

इटहरीको ट्यांग्रा खोलामा डुबेर दुई बालकको मृत्यु

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन ०४, २०८२  | साँझ ६:३० बजे
Hamro Biratnagar Headlines

विराटनगर । इटहरीको ट्यांग्रा खोलामा डुबेर दुई ९ वर्षीय बालकको ज्यान गएको छ। पौडी खेल्ने क्रममा डुबेका बालकहरूको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले पुष्टि गरेको छ।

दुर्घटना आइतबार दिउँसो करिब ३ बजे इटहरी उपमहानगरपालिका–३ मा भएको हो। इटहरी–३, कल्याण चोकका दीपसन चौधरी र इटहरी–२ का क्रिश्वास लिम्बू पौडी खेल्ने क्रममा खोलामा डुबेका थिए।

स्थानीयले तत्काल उद्धार गरी गम्भीर अवस्थामा उपचारका लागि विराट टिचिङ अस्पताल पुर्‍याए पनि अस्पतालले दुबै बालकको अस्पताल पुग्नुअघि नै मृत्यु भएको जनाएको छ।

प्रहरीका अनुसार खोलामा पर्याप्त सतर्कता नअपनाउँदा यस्तो दुःखद घटना भएको हो। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यस दुखद घटनाले स्थानीयवासीमा शोक र चिन्ता बढाएको छ। बालबालिकालाई जलाशय नजिक जाना नदिन र सावधानी अपनाउन अभिभावक तथा समुदायलाई प्रहरीले आग्रह गरेकाे छ ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka