Premier Cables
Premier Steel

राजनीति

विद्यादेवी भण्डारी र केपी ओलीबीच भेटघाट : के भयाे कुराकानी ?

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन ०४, २०८२  | साँझ ६:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सदस्यता नवीकरण गरिसकेको जानकारी दिएकी छिन्।

आइतबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि सञ्चारकर्मीसँग बोल्दै उनले सदस्यता नवीकरण पहिल्यै गरिसकेको स्पष्ट पारिन्।

बिज्ञापन

भण्डारी र ओलीबीच एमाले मुख्यालय च्यासलमा करिब दुई घण्टा एक्लाएक्लै भेटवार्ता भएको थियो। स्थायी कमिटी सदस्य कर्णबहादुर थापाका अनुसार, उक्त छलफल समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेको बुझिएको छ।

संवादपछि सञ्चारकर्मीले सदस्यता नवीकरणबारे सोध्दा भण्डारीले भनिन्, “मैले पहिल्यै नवीकरण गरिसकेको छु। बाँकी प्रक्रिया आधिकारिक च्यानलबाट अगाडि बढ्नेछ।”

भेटमा खासगरी राष्ट्रिय राजनीति केन्द्रमा रहेको बताउँदै भण्डारीले अन्य विषयमा जानकारी दिइनन्। यद्यपि, भेटका विस्तृत विषयवस्तु सार्वजनिक गरिएको छैन।

भेटवार्तापछि दुवै नेता पार्टी कार्यालयबाट बाहिरिएका छन्। भण्डारीको सक्रियता र एमालेसँगको पुनः सम्बद्धता राजनीतिक वृत्तमा चासोको विषय बनेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa