Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

ट्रम्पले हतयिार दिने भनेपछि युक्रेनमा रुसको भीषण हमला

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार २६, २०८२  | अपराह्न २:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

युक्रेन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गरेसँगै केही घन्टामै युक्रेनमाथि रूसले अहिलेसम्मकै ठूलो हवाई आक्रमण गरेको छ।

राति भएको हमलामा रूसले युक्रेनका विभिन्न स्थानमा ७७८ ड्रोन र १३ वटा मिसाइल प्रहार गरेको युक्रेनी वायुसेनाले जनाएको छ। CNN का अनुसार, युक्रेनले ७१८ ड्रोन खसाल्न सफल भए पनि एक जनाको मृत्यु र कैयौँ घाइते भएका छन्।

बिज्ञापन

यो आक्रमण जुलाई ४ मा भएको अघिल्लो हमला भन्दा पनि ठुलो मानिएको छ। आक्रमण विशेषगरी उत्तरपश्चिमको लुत्स्क सहर केन्द्रित थियो। भोलिन प्रान्तका सैन्य प्रमुख इभान रुद्नित्स्कीका अनुसार “हाम्रो प्रान्तले अत्यन्त ठूलो आक्रमण झेल्यो।”

पूर्वराष्ट्रपति ट्रम्पले पुटिनलाई ‘युद्धविरामको कुरा गर्ने तर व्यवहारमा बकवास मात्रै गर्ने’ टिप्पणी गरेका केही घन्टामै यो हमला भएको हो। CNN का अनुसार, ट्रम्पले जब जब युक्रेनको समर्थनमा अभिव्यक्ति दिएका छन्, त्यसपछि रूसले अझै आक्रामक हमला गर्ने गरेको देखिएको छ।

राष्ट्रपति जेलेन्स्कीले यस आक्रमणलाई “शान्तिको प्रयासलाई ध्वस्त पार्ने रूसको योजना” भनेका छन् र सहयोगी राष्ट्रहरूलाई रूसलाई रोक्न थप कदम चाल्न आह्वान गरेका छन्। आक्रमणपछि नागरिकहरू सुरक्षाको लागि रेलवे स्टेसनमा रात बिताउन बाध्य भएका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka