Premier Cables
Premier Steel

विराटनगर

सार्क ट्याङ्क नेपाल: विराटनगरका आकृति र मोहितले ३० लाख लगानी जुटाए

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार २६, २०८२  | अपराह्न २:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। विराटनगरका युवा उद्यमी आकृति जलान र मोहित धनाबातले आफ्नै स्किन केयर ब्रान्ड ‘मुनवेक’ मार्फत टेलिभिजन रियालिटी शो ‘शार्क ट्याङ्क नेपाल’ मा ३० लाख रुपैयाँ लगानी सुरक्षित गर्न सफल भएका छन्।

उनीहरूले शार्क रितु बैद्यसँग सम्झौता गर्दै आफ्नो कम्पनीको २० प्रतिशत सेयर साटेर यो लगानी प्राप्त गरेका हुन्। स्थानीय कच्चा पदार्थबाट निर्माण हुने प्राकृतिक स्किन केयर उत्पादनमा आधारित ‘मुनवेक’ ब्रान्डको उत्पादन इकाई विराटनगरमै सञ्चालन हुँदै आएको छ।

बिज्ञापन

पहिल्यैदेखि उपभोक्ताबीच लोकप्रिय बनेको मुनवेकले प्राप्त लगानीको सहयोगमा उत्पादन क्षमता, ब्रान्डिङ र बजार विस्तार गर्ने योजना बनाएको छ। उत्पादन, प्याकेजिङ र मार्केटिङ सबै प्रक्रिया स्थानीय तहमै सञ्चालन गर्दै आएका यी युवा उद्यमीको यात्रा अब शार्क ट्याङ्कको माध्यमबाट देशभर फैलिने अपेक्षा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka