Premier Cables
Premier Steel

अर्थ विराटनगर

‘शार्क ट्यांक नेपाल’ : विराटनगरका युवाले जुटाए रु.२ करोड लगानी

नोट: यो समाचार ६ महिना अघिको हो

Calendar शुक्रबार, साउन ०२, २०८२  | बिहान ८:१८ बजे

विराटनगर । चर्चित व्यवसायिक रियालिटी शो ‘शार्क ट्यांक नेपाल’मा विराटनगरका युवा उद्यमी विक्रान्त कार्कीको नेतृत्वमा रहेको टिमले लगानी जुटाउन सफल भएको छ ।‌

कार्कीको टिमले ‘गुडविस’ नामक सफ्टवेयर तथा आइटी कम्पनीमार्फत कार्यालयहरूमा रोबोट प्रयोग गरेर दैनिक काम स्वचालित रूपमा संचालन गर्ने अवधारणा प्रस्तुत गरेको थियो। भविष्यको प्रविधिमैत्री अफिस निर्माण गर्ने उद्देश्यसहितको यो पिचले पाँचै जना शार्कहरूलाई प्रभावित पार्‍यो। नतिजा स्वरूप, शार्कहरूले कम्पनीको २५ प्रतिशत सेयरको बदलामा २ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाए।

लगानी प्राप्त भएपछि ‘गुडविस’ टिम उत्साहित देखिएको छ। टिम लिडर विक्रान्त कार्कीले आफूहरुले भविष्यका कार्यालयलाई थप स्मार्ट र प्रविधिमैत्री बनाउने लक्ष्य लिएको बताए । “यो लगानीले हाम्रो योजनालाई थप गतिशील बनाउनेछ,” उनले भने ।

कम्पनीको मुख्य विशेषता भनेको कार्यालयका दोहोरिने कामहरूलाई रोबोटिक प्रणालीमार्फत स्वचालित बनाउनु हो, जसले समय र स्रोतको उल्लेखनीय बचत गर्न सहयोग पुर्‍याउनेछ।

‘गुडविस’ टिमको यो सफलता विराटनगरका लागि मात्र नभई सम्पूर्ण नेपाली प्रविधि र स्टार्टअप क्षेत्रका लागि प्रेरणादायक बनेको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka