Premier Cables
Premier Steel

विराटनगर

विराटनगर महानगरद्वारा ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण

नोट: यो समाचार १० महिना अघिको हो

सन्तोष बास्तोला Hamro Biratnagar News Channel Calendar मंगलबार, असार २४, २०८२  | साँझ ७:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिकाले दलन बाली पकेट विकास कार्यक्रमअन्तर्गत कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ।

विराटनगर–१९ स्थित बैजनाथपुर कृषि सहकारी संस्थालाई २४ लाख रुपैयाँ बराबरको कृषि सामग्री हस्तान्तरण गरिएको हो, जसमा १२ लाख रुपैयाँ महानगरले र बाँकी १२ लाख सहकारी संस्थाले गरेको हो।

बिज्ञापन

महानगर परिसरमा मंगलबार आयोजित कार्यक्रममध्ये प्रमुख अतिथिका रूपमा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल तथा अन्य अधिकारीहरूको उपस्थितिमा कृषि सामग्री वितरण गरियो।

कार्यक्रममा आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, आर्थिक विकास महाशाखा प्रमुख प्रतीक गड्तौला र कृषि तथा पशुपंक्षी विकास शाखाका संयोजक हिरालाल यादव लगायतले सामग्री वितरण गरेका थिए।

कृषिलाई आधुनिक र यान्त्रिक बनाउने उद्देश्यसहित एक थान ट्र्याक्टर, दुई थान मिनि टिलर, पाँच थान सिचाइ मोटर (२ हर्सपावर), छ थान स्प्रेयर मेसिन, एक थान समरसिबल पम्प र एक थान रोटावेटर प्रदान गरिएको हो।

यी उपकरण बैजनाथपुर कृषि सहकारीमा आबद्ध कृषकहरूले सामूहिक रूपमा प्रयोग गर्न पाउनेछन्। शाखा प्रमुख यादवका अनुसार आधुनिक उपकरणको प्रयोगले स्थानीय उत्पादनमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ।

महानगर क्षेत्रमा कुल १ हजार ३७५ हेक्टर खेतीयोग्य जमिन रहेको छ, जसमा वडा नं. ४, ६, ११, १२, १४, १६, १८ र १९ मा बढी खेतीयोग्य क्षेत्र फैलिएको छ।

महानगरभित्र हाल ३६ वटा कृषक समूह क्रियाशील छन्, जसमार्फत महानगरले कृषिसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka