Premier Cables

समाचार

विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित दुई युवा पक्राउ

नोट: यो समाचार १ वर्ष २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार २२, २०८२  | अपराह्न २:१० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । काठमाडौं घर भएका २ जना युवा विराटनगरबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित पक्राउ परेका छन् ।

कोशी प्रदेश प्रहरी प्रवक्ता एसपी दीपक पोखरेलका अनुसार काठमाडौं महानगरपालिका–३ का २१ वर्षीय अनमोल भण्डारी र २० वर्षीय प्रज्वल बस्नेतलाई शनिबार साँझ पक्राउ गरिएको हो । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले उनीहरुलाई पक्राउ गरेको पोखरेलले बताए ।

विज्ञापन

उनका अनुसार भारतको जोगवनीबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) खरिद गरेर आउँदै गरेका उनीहरुलाई विराटनगर महानगरपालिका–१६ बाट पक्राउ गरिएको हो । परेकाको साथबाट २० ग्राम ३७ मिलिग्राम खैरो हेरोइन बरामद भएको छ ।

भण्डारी र बस्नेतविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी एसपी पोखरेलले दिए ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka