Premier Cables
Premier Steel

अर्थ

पाँच/सात मिनेट बत्ती जानुलाई लोडसेडिङ भन्न मिल्दैन : निर्देशक शाक्य

नोट: यो समाचार ६ महिना अघिको हो

Calendar शुक्रबार, बैशाख १९, २०८२  | राती १०:३९ बजे

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पाँच/सात मिनेट बत्ती जानुलाई लोडसेडिङ भन्न नमिल्ने बताएका छन् ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजनगरी प्राधिकरणको श्वेतपत्र सार्वजनिक गर्दै उनलेपाँच÷सात मिनेट बत्ती जानुलाई लोडसेडिङ नभएर स्मार्ट मिटरको ट्रिपिङ भएको स्पष्ट पारेका हुन् ।

बिज्ञापन

उनले भने, ‘वार्षिक औसत ८२५ वटा ट्रिपिङ भएको छ, हरेक ग्राहकलाई भएको छ । हुनसक्छ कुनै ग्राहकलाई हजार पटक भयो होला कुनै ग्राहकलाई सय पटक भयो होला । चैत्र मसान्तसम्म तर औसतमा ८२५ पटक ट्रिपिङ भएको रहेछ । यो तथ्याङ्कले बोल्छ ।

यो स्मार्ट मिटर हो कसैले ढाटेर ढाँट्न मिल्दैन । र यसको जम्मा अवरोध हेर्दा एक पटकमा ३७ मिनेट प्रतिअवरोध सालाखालामा बत्ति गएको देखिन्छ । हामी अहिले पाँच÷सात मिनेट बत्ती जाँदैमा सोसल मिडियामा व्यापक रुपमा लेख्छौं–अब लोडसेडिङ गराउन लाग्यो भनेर । तर यो तथ्याङ्कलाई मनन गर्नुपर्छ । यो अवरोधलाई क्रमश कम गर्दै लैजाने छ ।’

एकातिर वर्षायामको विद्युत आंशिक रुपमा खेर गइरहेको छ भने अर्कोतिर सुख्खायाममा विद्युतको माग पूर्ण रूपमा आपूर्ति गर्न नसकिएको भन्दै आगामी दिनहरूमा यसको व्यवस्थापन अझ बढी चुनौतीको रूपमा देखिएको उनको भनाइ छ । करिब २३ सय मेगावट डिमाण्ड आपूर्ति गर्ने सिस्टममा १३ हजार ७१४ मेगावटको सब्टिसन सञ्चालनमा रहेको उनले जानकारी गराए ।

‘हाम्रो सिस्टम ३ हजार ५११ मेगावट उत्पादनको क्षमता भएको हो, त्यसमा करिब २३ सय मेगावट डिमाण्ड आपूर्ति गर्ने सिस्टममा १३ हजार ७१४ मेगावटको सब्टिसन सञ्चालनमा छन् । त्यसले सिस्टमको सब्टिसन प्रणाली त मजबुत छ, त्यहाँ राम्रै खर्च भएको रहेछ तर नेटवर्क सञ्जाल चाँही कमजोर छ । यसले सिस्टम ट्रिपिङ भइरहेको देखिएको छ,’ उनले भने ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka