Premier Cables

खेलकुद

नेपाल एसीसी अन्डर-१६ इस्ट जोन कपको फाइनलमा

नोट: यो समाचार १ वर्ष २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार १९, २०८२  | अपराह्न १:२६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली युवा टोली अपराजित रहँदै एसीसी पुरुष अन्डर-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपालले घरेलु टोली मलेसियालाई ९ विकेटले पराजित गरेको हो ।

मलेसियाको क्वालालाम्पुरस्थित सेलेगंर टर्फमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि सुरुवातमा ब्याटिङ गरेको घरेलु टोली मलेसिया ४३ ओभर एक बलमा ९० रनमा अल आउट भएको थियो । मलेसियाले २८ रनमा शीर्ष चार ब्याटर गुमाएको थियो । मोहम्मद फातुलले सर्वाधिक ३८ रन जोडे । उसका ९ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागी अभय यादवले चार र सुभम खनालले तीन विकेट हात पारे । विपिन शर्मा र सचिन भट्टले एक-एक विकेट बाँडे ।

विज्ञापन

९१ रनको सामान्य लक्ष्य नेपालले ११ ओभर ४ बलमा केवल १ विकेट गुमाएर पुरा गर्यो । ओपनर प्रशिद्ध जैशी २ रन बनाएर नागिनेश्वरन सत्नकुमारनको बलमा क्याच आउट भएपनि शिवांश बजगाईं र परिमार्जन यादवले ४५ बलमा ७५ रनको आक्रामक अविजित साझेदारी गर्दै नेपाललाई फाइनल सम्म पुर्याए । परिमार्जनले ३५ बलमा ५ चौका र ५ छक्कासहित ५९ रनको आक्रामक अर्धशतकीय योगदान दिए । शिवांश २३ रनमा नटआउट रहे ।

नेपालले अव उपाधिका लागि शनिबार हङकङ र सिङ्गापुरबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। हङकङ र सिङ्गापुरबीचको अर्को सेमिफाइनल खेल अहिले जारी छ ।

अघिल्लो संस्करणको फाइनलमा नेपालले मलेसियालाई पराजित गर्दै च्याम्पियन बनेको थियो ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka