Premier Cables
Premier Steel

शेयर बजार

सेयर बजारमा उत्साह कायमै, नेप्से २६९५ विन्दुमा

नोट: यो समाचार १ महिना अघिको हो

Calendar बुधबार, असार १८, २०८२  | अपराह्न ३:२१ बजे

काठमाडौं । सेयर बजारको वृद्धि यात्रा बुधबार पनि जारी रहेको छ ।

नेप्से सूचक बुधबार ३४.६० विन्दुले बढेको छ । लगातार ४ दिनको वृद्धिसँगै सूचक २६९५ विन्दुमा बन्द भएको छ । सेयर खरिदबिक्री रकममा पनि वृद्धि देखिएको छ । यस दिन ९ अर्ब ७४ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

बिज्ञापन

विगत केही साताको करेक्सनपछि सेयर बजार आइतबारदेखि पुनः उकालो लाग्न थालेको हो ।सूचकसँगै सेयर खरिदबिक्रीमा पनि क्रमशः वृद्धि हुन थाल्नु सेयर बजारका लागि सकारात्मक संकेत हो । यसअघि असार लागेदेखि नै बजार सुस्त देखिएको थियो । यद्दपि, करेक्सनले भाउ सस्तो भएपछि लगानीकर्ता तथा कारोबारीहरु पुनः आकर्षित भएका हुन् ।

यता, बैंकहरुमा अधिक तरलताको स्थिति रहेको छ भने ब्याजदर निकै सस्तो विन्दुमा छ । सस्तो ब्याजदरमा ऋण लिएर लगानी गर्नेहरुका लागि पनि सहज हुन जान्छ । अकोतर्फ, सेयर बजारको सिजन पनि सुरु हुँदैछ ।

असार मसान्त सकिएसँगै सूचीकृत कम्पनीहरुले वित्तीय विवरण सार्वजनिक गर्न थाल्ने र त्यसको केही समयमै लाभांश घोषणा गर्ने क्रम पनि सुरु हुन्छ । तसर्थ, अहिले सेयर खरिद गर्नेले छोटो समयमै लाभांश हात पार्नसक्ने सम्भावना भएका कारण पनि आगामी दिनमा सेयर बजारको गति थप सकारात्मक हुने अनुमान गरिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka