Premier Cables
Premier Steel

अर्थ शेयर बजार

कम्पीनका वार्षिक प्रगतिमा कमाल तर शेयर बजारमा छैन् उछाल !

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन २९, २०८२  | बिहान ११:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रभु बैंकले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेसँगै गत वर्षको तुलनामा १० गुणा नाफा वृद्धि गरेको देखिएको छ। योसँगै १ अर्ब रुपैयाँ बराबरको लाभांश दिने क्षमता बनाएको बैंकको सेयर मूल्य भने विवरण सार्वजनिक भएको दिन ०.३८% ले घटेर २१७.८८ रुपैयाँमा झर्‍यो।

त्यसैदिन ग्लोबल आईएमई बैंकले पनि राम्रो नाफा देखाउँदै ५ अर्ब ३७ करोड रुपैयाँ बराबरको लाभांश क्षमता प्रदर्शन गर्‍यो। प्रतिकित्ता १४.११ रुपैयाँ लाभांश दिन सक्ने अवस्थामा पुगे पनि, यसको सेयर मूल्य पनि १.०८% ले घटेर २५१.५३ रुपैयाँमा पुगेको छ।

बिज्ञापन

सिर्फ प्रभु र ग्लोबल मात्र होइन, १५ सूचीकृत वाणिज्य बैंकमध्ये अधिकांशको नाफा वृद्धि भएको देखिन्छ। यस्तै, हाइड्रोपावर कम्पनीहरूको नाफा पनि वित्तीय लागत घटेका कारण बढ्दो छ। तर, बजार भने सकारात्मक संकेतका बावजुद निरन्तर ओरालो लागिरहेको छ।

नेपाल स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष भरत रानाभाट भन्छन्, “बजारमा कारोबारी प्रवृत्ति हाबी छ। मूल्य उतारचढावलाई नै नाफा/नोक्सानीका रूपमा लिइने भएकाले लाभांश क्षमता वा वित्तीय विवरणको असर देखिँदैन।”

साउन १३ मा ३००२ अंकमा पुगेको नेप्से बुधबारसम्म ७.२२% घटेर २७८५ अंकमा झरेको छ। लगानीकर्ता अझै थप गिरावटको आशंकामा छन्।

सेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष ताराप्रसाद फुल्लेल भन्छन्, “बजार घट्दा अझै घट्ने मानसिकता हावी हुँदा वित्तीय विवरणजस्ता सकारात्मक पक्षको प्रभाव नदेखिएको हो।”

उनका अनुसार, “अहिलेको बजार डरले होइन, अवसरले हेर्नुपर्ने अवस्था हो। कारोबार रकम घट्दै गएकोले प्यानिक सेलिङ सकिँदैछ, अब बजारले फेरि लय लिन सक्छ।”

सस्तोमा राम्रो कम्पनी किन्न मौका

हाल बजारमा कारोबार रकम एक चौथाईभन्दा कममा घटेको छ। २६ अर्बको कारोबार घटेर अहिले ६ अर्ब हाराहारीमा झरेको छ।

फुल्लेल भन्छन्, “ब्याजदर स्थिर, तरलता प्रशस्त, नीतिगत समर्थन, अनि राम्रो वित्तीय विवरण— सबै पक्ष सकारात्मक छन्। अहिलेको बजार घटाइलाई मौका का रूपमा लिनुपर्छ, डरको रूपमा होइन।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa