Premier Cables
Premier Steel

अर्थ विराटनगर

विराटनगरका हार्डवेयर व्यवसायी सौरभ बियानी भ्याट छली आरोपमा कारागार चलान

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार १७, २०८२  | साँझ ५:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मूल्य अभिवृद्धि कर (भ्याट) छलीको अभियोगमा विराटनगरका एक प्रतिष्ठित हार्डवेयर व्यवसायी सौरभ कुमार बियानीलाई कारागार चलान गरिएको छ।

‘न्यू सौरभ ट्रेडिङ्ग’ तथा ‘बियानी एण्ड ब्रदर्स हार्डवेयर एण्ड मार्वल’का प्रोप्राइटर बियानीले १ अर्ब ३१ करोड ६४ लाख रुपैयाँभन्दा बढी राजस्व छली गरेको आन्तरिक राजस्व कार्यालय, विराटनगरको आरोप छ।

बिज्ञापन

कार्यालयले २०८२ साल असार १६ गते बियानीको नाममा थुनुवा पुर्जी जारी गरेको थियो। कर अधिकृत भवानीप्रसाद दाहालद्वारा हस्ताक्षरित सो पत्रमा बियानीले मूल्य अभिवृद्धि कर ऐन, २०५२ अनुसार कर छली गरेको ठहर उल्लेख गरिएको छ।

अनुसन्धानका क्रममा बियानीले कुल १ अर्ब ३१ करोड ६४ लाख ९८ हजार ५८४ रुपैयाँ बराबरको कर छली गरेको देखिएको छ। सो रकम बराबरको नगद धरौटी वा सम्पत्ति जमानत बुझाउन नसकेपछि कार्यालयले भ्याट ऐनको दफा २३(घ) अनुसार अर्को आदेश नभएसम्मका लागि उनलाई थुनामा राख्न मोरङ कारागार कार्यालयमा पत्राचार गरेको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka