Premier Cables

समाचार

दिल्ली पब्लिक स्कूल विराटनगरमा कक्षा ११ को भर्ना खुल्यो

नोट: यो समाचार १ वर्ष २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार १६, २०८२  | अपराह्न ३:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । दिल्ली पब्लिक स्कूल (डिपिएस) विराटनगरले कक्षा ११ का लागि भर्ना खुलाएको छ। सीबीएसई पाठ्यक्रमअन्तर्गत सञ्चालन हुने कक्षामा सबै विषयहरू अंग्रेजी माध्यममा पढाइ हुने बताइएको छ।

विद्यालयले अन्तर्राष्ट्रिय बोर्डमार्फत विज्ञान, व्यवस्थापन तथा कम्प्युटर साइन्स संकायमा भर्ना खुलाएको छ। ‘तपाईंको उच्च शिक्षाको ढोका खोल्ने भरपर्दो बाटो’ भन्ने नारासहित यस वर्षको प्रवेश परीक्षा आगामी सोमबार, ७ जुलाई (२३ असार) २०२५ मा बिहान ११ बजे हुने जनाइएको छ।

विज्ञापन

यस वर्ष एसइई उत्तीर्ण विद्यार्थीहरूका लागि विशेष छात्रवृत्ति को व्यवस्था गरिएको विद्यालय प्रशासनले जानकारी दिएको छ।

भर्ना सम्बन्धी थप जानकारीका लागि [email protected] वा www.dpsbiratnagar.edu.np मा सम्पर्क गर्न सकिनेछ। विद्यालय विराटनगर महानगरपालिका–५, विशाल चोक, मोरङमा अवस्थित छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka