Premier Cables
Premier Steel

शेयर बजार

सेयर बजार लगातार दोस्रो दिन पनि बढ्यो, ६ अर्ब ३८ करोड रुपैयाँको कारोबार

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar सोमबार, असार १६, २०८२  | अपराह्न ३:२६ बजे

काठमाडौं । सेयर बजार लगातार दोस्रो दिन पनि बढेको छ । नेप्सेले सोमबार पनि वृद्धिलाई निरन्तरता दिएको हो ।

नेप्से सूचक ११.९९ अंकले बढेर २६३४.२७ विन्दुमा पुगेको छ । यस दिन, ६ अर्ब ३८ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने केही कमी देखिएको हो । यस दिन, ३ वटा कम्पनीको सेयर भाउ ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएका छन् ।

बिज्ञापन

विगत केही समयको करेक्सनका कारण सूचीकृत कम्पनीहरुको सेयर भाउ निकै सस्तो भइसकेको थियो । जसका कारण बजारमा पुनः खरिदकर्ता आकर्षित भएको विश्लेषण गरिएको छ । त्यसो त, बजारलाई नकारात्मक असर पुर्याउने दीर्घकालनीन कारणहरु अहिले बजारमा देखिएका छैनन् । सस्तो ब्याजदर र नीतिगत व्यवस्थामा हुँदै गएको क्रमिक सुधारका कारण बजारका लागि दीर्घकालीन सम्भावना सकारात्मक नै देखिन्छ ।

यसका साथै, सेयर बजारको सिजन पनि सुरु हुन लागेका कारण कतिपय लगानीकर्ताहरुले् अहिले सेयर खरिद गर्नु उचित समय हुनसक्ने विश्लेषण गरेका छन् । किनभने अहिले सेयर खरिद गर्नेले छोटो समयमै लाभांश पाउने सम्भावना रहन्छ । जसका कारण बजार केही सुधारतर्फ अग्रसर देखिएको हो ।

यस दिन ३ सय १८ कम्पनीको १ करोड ४१ लाख कित्ताभन्दा बढी सेयर खरिदबिक्री भएको छ । कारोबार रकमका आधारमा साहास ऊर्जा अग्रस्थानमा रहेको छ । यसको ३६ करोड ५३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सानिमा माई हाइड्रोपावर र बुटवल पावर कम्पनी रहेका छन्

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka