Premier Cables
Premier Steel

अर्थ समाचार

उद्योग प्राविधिकका लागि कार्बन फुटप्रिन्ट असेसमेन्ट तालिम

नोट: यो समाचार ८ महिना अघिको हो

सबिन रोका Hamro Biratnagar News Channel Calendar आइतबार, असार १५, २०८२  | अपराह्न २:५७ बजे
Hamro Biratnagar Headlines

विराटनगर । उद्योग संगठन मोरङको आयोजना, इन्स्योर परियोजनाको प्राविधिक सहयोग तथा राष्ट्रिय उर्जा दक्षता केन्द्रको सहकार्यमा कार्बन फुटप्रिन्ट असेसमेन्ट सम्बन्धी तालिम सम्पन्न भएको छ ।

तालिममा सुनसरी-मोरङ औद्योगिक करिडोरका विभिन्न उद्योग प्रतिष्ठानका प्राविधिकहरु सहभागी थिए । प्राविधिक जनशक्तिको क्षमता र दक्षता अभिवृद्धिका लागि व्यवहारिक कार्बन उत्सर्जनको पहिचान, मापन तथा विश्लेषण, न्युनीकरण गर्न सक्षम बनाइ दिगो तथा लो-कार्बन औद्योगिक अभ्यासलाई प्रवर्धन गर्ने उद्देश्यसाथ तालिम आयोजना गरिएको संगठनले जनाएको छ ।

बिज्ञापन

संगठनका अध्यक्ष नन्दकिशोर राठीले कार्बन उत्सर्जनको पहिचान र नियन्त्रण, ऊर्जा र कच्चा पदार्थको खपतको प्रभावकारिताका साथै कार्बन उत्सर्जन न्युनीकरणका उपायहरू अवलम्बन गर्न तालिम सहयोगी भएको विश्वास व्यक्त गरे ।

उनले प्रविधिको विकाससँगै नया चुनौतीहरु पनि थपिदै जाने भएकाले उद्योगमा कार्यरत प्राविधिकहरुलाई नयाँ परिवर्तनहरु आत्मसात गर्न सक्ने गरी क्षमता विकास गर्न संगठनले यस प्रकारको अन्य तालिमहरु पनि संचालन गर्ने योजना रहेको उनले सुनाए ।

सैद्धान्तिक र व्यवहारिक पक्ष समेटी ७ दिनसम्म सञ्चालन गरिएको तालिममा ऊर्जाको उपयोग, दिगो उत्पादन र वातावरणमैत्री छवि निर्माण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियम पालना, नयँ बजार पहुच र प्रतिस्पर्धात्मक लाभ, व्यवसायिक सामाजिक उत्तरदायित्व जस्ता विषयहरु समावेश गरिएको संगठनले जनाएको छ ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka