Premier Cables
Premier Steel

अर्थ विराटनगर

उद्योग संगठन मोरङको रणनीतिक कार्ययोजना सार्वजनिक

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार १३, २०८२  | अपराह्न १:१४ बजे
Hamro Biratnagar Headlines

विराटनगर । उद्योग संगठन मोरङको नवनिर्वाचित नेतृत्वले आगामी दुई वर्षका लागि पाँच बुँदे रणनीतिक कार्ययोजना सार्वजनिक गरेको छ। बिहीबार विराटनगरमा आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष नन्दकिशोर राठी नेतृत्वको कार्यसमितिले औपचारिक रूपमा कार्ययोजना सार्वजनिक गरेको हो।

अध्यक्ष राठी संगठनको ५२औं वार्षिक साधारण सभाबाट सर्वसम्मतिले निर्वाचित भएका थिए। कार्ययोजना सार्वजनिक गर्दै उनले उद्योगमैत्री वातावरण निर्माण, उद्यमशीलताको प्रवर्द्धन, नीतिगत पैरवीलाई मजबुत बनाउने तथा समग्र औद्योगिक विकासमा टेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

बिज्ञापन

उनले भने, “देशको औद्योगिक क्षेत्रको विकास बिना समृद्धि सम्भव छैन। उद्योगहरूको सुदृढीकरणबाट मात्रै आर्थिक स्वावलम्बन, व्यावसायिक सहकार्य र रोजगारी सिर्जना गर्न सकिन्छ।”

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, विराटनगर महानगरका मेयर नागेश कोइराला, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, उद्योगी-व्यवसायी, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवाला निकायहरूको उपस्थितिमा आयोजित कार्यक्रममा अध्यक्ष राठीले कार्ययोजनाका प्राथमिकताहरू प्रस्तुत गरे।

कार्ययोजनामा लगानीमैत्री नीति निर्माणमा पहल, व्यवसाय प्रवर्द्धनका लागि सहुलियतपूर्ण सेवा प्रदान, नवप्रवर्तन तथा उद्यमशीलताको विकासमा जोड दिइएको छ।

मुख्यमन्त्री कार्कीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै प्रदेश सरकारले औद्योगिक नीति र लगानी प्रवर्द्धनमा आवश्यक सहकार्य गर्ने प्रतिबद्धता जनाए। उनले भने, “यस्तो रणनीतिक कार्ययोजनाले कोशी प्रदेशको उद्योग क्षेत्रलाई थप स्मार्ट, प्रतिस्पर्धी र सक्षम बनाउने छ।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka