अर्थ
प्रतिनिधिसभाबाट विनियोजन विधेयक (बजेट) पारित, रास्वपा र राप्रपा सांसद गयल
नोट: यो समाचार ५ महिना अघिको हो
काठमाडौं । प्रतिनिधिसभाबाट विनियोजन विधेयक (बजेट) पारित
प्रतिनिधिसभाले मंगलबार आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयक पारित गरेको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभामा विधेयक पारित गर्न प्रस्ताव पेस गरेका थिए।
बिज्ञापन
बजेट पारित गर्ने प्रक्रियामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू अनुपस्थित रहे। दुवै दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै संसदमा बजेटमाथिको छलफल नै बहिष्कार गरेका थिए। उनीहरूले यस विषयमा संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायिक आयोग गठनको माग गर्दै आएका छन्।
संसदमा प्रतिपक्षी दलहरूको विरोध र अवरोधबीच बैठक सञ्चालन भइरहेकै अवस्थामा बजेट पारित भएको हो।
विनियोजन विधेयक पारित भएपछि आर्थिक विधेयक २०८२ र राष्ट्र ऋण उठाउने विधेयक २०८२ पनि अगाडि बढाइएको छ।
Bagmati

- प्याब्सन स्पोर्ट्स मिटको उपाधि एभरेष्ट र सिद्धार्थ स्कुलले हात जिते
- हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णय बदर
- जेनजी सहिदलाई सुशासन योद्धाको उपाधि, जिल्ला प्रशासनमा नाम राखिने
- छैटौं कारोबार दिन पनि घट्यो सेयर बजार
- फेरि बढ्यो अन्डाको मूल्य
- रिलायन्स स्पिनिङ मिल्सको आईपिओ खुल्यो
- नख्खु जेलबाट भागेका भारतीय कैदी विराटनगरमा पक्राउ
- इन्डिगोका ४५० उडान आज पनि रद्ध
- दुर्गा प्रसाईंका कार्यकर्ताद्वारा जिल्ला प्रशासन मोरङ अगाडि धर्ना
- एनपीएल-२ समूह चरण सकियो, यस्तो छ अंक तालिकाको स्थिति









