Premier Cables
प्रत्यक्ष प्रसारण LIVE

विराटनगर

विराटनगरको नीति तथा कार्यक्रम : ज्येष्ठ नागरिकलाई दिवासेवा कार्यक्रम

Calendar मंगलबार, असार १०, २०८२  | अपराह्न १२:२३ बजे

विराटनगर । विराटनगर महानगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम उपमेयर शिल्पा निराला कार्कीले प्रस्तुत गर्न महानगर सभामा पेश गरिरहेकी छिन् ।

एकल महिला सुरक्षा कोष प्रभावकारी बनाउने । लैंगिक हिंसारहित महानगर बनाउने अभियानलाई निरन्तरता दिइने उपमेयर कार्कीले घोषणा गरेकी छिन् । स्रोत साधनमाथि महिलाको समान पहुँच बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
ज्येष्ठ नगारिक, अपांगता भएका व्यक्ति, पिछडा व्यक्तिको भाषा तथा संस्कृति संरक्षणमा बजेट विनियोजन गर्ने महानगरले जनाएको छ । ज्ञानसीप र दक्षता आदान प्रदान गराउन प्रमुख उपप्रमुखसँग अन्तरक्रिया गरिने, ज्येष्ठ नागरिकको मनोबल उच्च बनाउन दिवासेवा कार्यक्रम संचालन गर्ने उपमेयर कार्कीले जनाइन ।

बिज्ञापन

महानगरको सभा भर्खरै शुरु भएको छ । आगामी आर्थिक वर्षको कार्यक्रमका लागि विनियोजित बजेट उपमेयर कार्कीले सभामा पेश गर्नेछिन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Eastern College
aarya
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो
Advertisement

Developed by Pigeon Advertising