Premier Cables

अर्थ

मौद्रिक नीतिबारे उद्योग संगठन मोरङमा अन्तरक्रिया

नोट: यो समाचार १ वर्ष ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ०९, २०८२  | साँझ ६:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । उद्योग संगठन मोरङले उद्योगी–व्यवसायी, बैंकिङ क्षेत्रका प्रतिनिधिहरू, चार्टर्ड एकाउन्टेन्ट तथा अर्थतन्त्रसंग सम्बन्धित सरोकारवाला पक्षहरूको सहभागितामा आगामी मौद्रिकका सन्दर्भमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

कार्यक्रममा संगठनका अध्यक्ष नन्दकिशोर राठीले विगतका मौद्रिक नीतिका प्रभाव, उद्योग व्यवसाय क्षेत्रमा देखिएका चुनौतीहरू र सम्भावित सुधारका उपायहरूबारे आफनो धारणा राख्दै आगामी मौद्रिक नीति निजी क्षेत्रमैत्री, उत्पादनमुखी र रोजगारी सिर्जना गर्नसक्ने खालको हुनुपर्नेमा जोड दिए ।

विज्ञापन

अध्यक्ष राठीले बजार आशाअनुरुप चलायमान हुन नसकी उद्योगहरु पूर्ण क्षमतामा चल्न नसकेको यथार्थलाई आत्मसात गरी ऋणिको ऋण तिर्ने क्षमतामा ह्रास आई धेरै ऋण निस्कृय कर्जामा वर्गिकरण हुन गएकाले आगामी मौद्रिक नीतिमा कर्जाको पुर्नतालिकीकरण हुनुपर्ने बताए ।

अन्तरक्रियामा सहभागि सहभागी उद्योगी व्यवसायीले आगामी मौद्रिक नीति व्यवसायमैत्री, लचिलो र स्थिर भई निजी लगानी आकर्षण गर्ने, साना तथा मझौला उद्योगलाई विशेष प्राथमिकता दिने, निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन हुने उद्योगहरूलाई विशेष प्रोत्साहन गर्ने मौद्रिक नीति आउनु पर्ने धारणा राखे थिए ।

कार्यक्रममा वैंकर्स सुलभहरि जोशी, बद्री कटवालले आगामी मौद्रिक नीतिले बैंकहरूबाट ऋण प्रवाह सहज बनाउने, विदेशी मुद्रा सञ्चिति सन्तुलनमा राखी बैंकिङ प्रणालीप्रति जनविश्वास अभिवृद्धि गराउने उपाय अवलम्बन गर्नुपर्ने विचार व्यक्त गरे ।

अन्तरक्रियामा सहभागि चार्टर्ड एकाउन्टेन्ट अश्वनी वंसल, मनोज अधिकारी र तिर्थ यादवले मौद्रिक नीतिले निजी क्षेत्रको गतिविधिलाई मार्गदर्शन गर्ने मुख्य भूमिका निर्वाह गर्ने भएकाले नीति निर्माण गर्दा व्यावहारिक पक्ष, तथ्यांक र क्षेत्रगत आवश्यकतालाई विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।

अन्तरक्रियामा उद्योगी÷व्यवसायी, वैकर्स र चार्टर्ड एकाउन्टेन्सहरुले आगामी मौद्रिक नीतिमा समावेश हुनुपर्ने विषयमा प्रस्तुत गरेका सुझावहरुलाई उद्योग संगठन मोरङले नेपालको राष्ट्र बैंक समक्ष प्रस्तुत गर्ने वताएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka