Premier Cables
प्रत्यक्ष प्रसारण LIVE
aarya

अर्थविराटनगर

विद्युत ट्रिपिङले उत्पादनमा असर, उद्योग संगठनले माग्यो तत्काल समाधान

सबिन रोका Calendar बिहिबार, असार ०५, २०८२  | अपराह्न ३:३७ बजे

विराटनगर । सुनसरी-मोरङ औद्योगिक करिडोरका उद्योगी व्यवसायी दैनिक कयौपटक भईरहेको ट्रिपिङका कारण प्रताडित हुनु परेको जनाएका छन् ।

वर्षायाम प्रारम्भ भएसँगै विद्युत उत्पादन वृद्धि भई निरन्तर आपूर्ति हुने आश्वासन नेपाल विद्युत प्राधिकरणबाट पाएपनि व्यवहारमा भने उल्टे दुःख भएको उद्योगी व्यवसायी गुनासाे छ ।

बिज्ञापन

उद्योग संगठन मोरङले ट्रिपिङप्रति सम्वेदनशील बनेर समस्या समाधानमा ध्यान दिन नेपाल विद्युत प्राधिकरणकाे ध्यानाकर्षण गरेको छ । अहिले सरकारले नेपालमा उत्पादन हुने विद्युत भारत र बंगलादेश निर्यात भइरहेकाे भन्दै प्रचार गरिरहेको छ । तर, स्वदेशी उद्योग-व्यवसाय भने ट्रिपिङ र लामो समयसम्म बिजुली कटौतीको मार खेप्न बाध्य भएकाे संगठनका अध्यक्ष नन्दकिशोर राठीले बताए ।

दैनिकको ट्रिपिङका कारण उद्योगको मिल मेसिनरी बिग्रने, उत्पादनको क्रममा रहेको कच्चा पदार्थ खेर जाने , श्रमिकको कार्यतालिका मिलाउन कठिनाइ भई त्यसै होल्ड गर्नुपर्ने समस्या रहेको उनले सुनाए । जेनेरेटर चलाएर उद्योग सूचारु गर्दा उत्पादन लागत वृद्धि भएको राठीको भनाइ छ । “समस्या समाधानका निम्ति प्राधिकरणलाई बारम्बार आग्रह गर्दा पनि ठोस पहल नहुनु चिन्ताको विषय हो”, उनले भने ।

यसअघि वर्षायाम सुरु भए लगत्तै सुनसरी-मोरङ औद्योगिक करिडोरमा निरन्तर विद्युत आपूर्ति हुने प्राधिकरणले आश्वासन दिएको थियो । तर, व्यवहारमा यस विपरीत दैनिक कयौंपटक विद्युत आपूर्ति अनियमित हुने गरेको छ । सुख्खायामा विद्युतको अभाव र वर्षायाममा ट्रिपिङको मारले गर्दा उद्योगले ठूलो आर्थिक नोक्सानी व्यर्होर्नु परिरहेको भन्दै राठीले दीर्घकालीन रुपमा समस्या समाधान गर्न प्राधिकरणलाई सम्वेदनशील हुन आग्रह गरे ।

संगठनले यसअघि हरेक वर्ष सुख्खायाममा विद्युत आपूर्ति अवरोध हुँदा उद्योग व्यवसायले भोग्नु परेको आर्थिक क्षतिको तथ्यांकसहित प्राधिकरणको ध्यानाकर्षण गराएको थियो । तर, नियामक निकायबाट समेत समाधानमा ठोस योजना नआएकोमा राठीले बताए । ‘जिम्मेवारी कसले लिने हाे ?” उनकाे प्नश्न छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Eastern College
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो