Premier Cables
Premier Steel

खेलकुद

सन्दीपको घातक बलिङले ९७ रनमा समेटियो स्कटल्याण्ड

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार ०३, २०८२  | राती ९:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपालले नेदरल्याण्ड्ससँगको दोस्रो खेलमा सहज लक्ष्य पाएको छ। टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्ड १९.४ ओभरमै सबै विकेट गुमाउँदै जम्मा ९७ रनमा सीमित भयो।

स्कटल्याण्डका माइकल लिस्कले सर्वाधिक ४४ रन बनाए भने म्याथ्यु क्रसले १५ र ब्रान्डन म्याकमुलेनले १० रनको योगदान दिए।

बिज्ञापन

नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। सन्दीप लामिछानेले ४ ओभरमा केवल ११ रन खर्चेर ४ विकेट लिए। करण केसी र दिपेन्द्रसिंह ऐरीले समान २–२ विकेट लिए भने ललित राजवंशीले १ विकेट झारे।

नेपाल यसअघि नेदरल्याण्ड्ससँगको पहिलो खेलमा तेस्रो सुपर ओभरसम्म पुगेको प्रतिस्पर्धामा पराजित भएको थियो। आजको खेलमा नेपालले जित्न ९८ रनको लक्ष्य पछ्याउँदै छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka