Premier Cables
Premier Steel

राजनीति

रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित, थुनछेक बहस आजै

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार ०३, २०८२  | बिहान ११:०४ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्।

तीनकुनेमा भएको राजावादी प्रदर्शनसँग सम्बन्धित घटनामा संलग्न रहेको आरोप लागेका मिश्रमाथि आज जिल्ला अदालत काठमाडौंकी न्यायाधीश तारादेवी महर्जनको इजलासमा थुनछेक बहस हुँदैछ। आजै उनको पूर्वपक्ष थुनामा पठाउने वा नपठाउने निर्णय गरिनेछ।

बिज्ञापन

मिश्रमाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको छ। उक्त घटनासँगै पक्राउ परेका राप्रपा महामन्त्री शवलशमशेर राणा भने सोमबार साँझ तीन लाख रुपैयाँ धरौटीमा रिहा भइसकेका छन्।

तीनकुनेमा गत चैत १५ गते भएको राजसंस्था समर्थकको हिंसात्मक प्रदर्शनको योजनाकारको रूपमा चिनिएका दुर्गा प्रसाईं भने पहिले नै कारागार चलान भइसकेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka