Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

अमेरिकाका ११ सहरमा आप्रवासीले किन चर्काए आन्दोलन? लस एन्जलसमा हिंसा

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar बुधबार, जेठ २८, २०८२  | राती ८:३८ बजे

काठमाडौं । अमेरिकी सरकारले आप्रवासीहरूमाथि छापा मार्ने अभियान चलाएपछि देशका विभिन्न ११ सहरमा विरोध प्रदर्शन चर्किएको छ।

यी प्रदर्शनहरूमध्ये लस एन्जलसमा हिंसात्मक झडप भएको छ भने अन्य १० सहर र राज्यहरूमा पनि विरोध फैलिएको छ।

बिज्ञापन

ट्रम्प प्रशासनले लस एन्जलसमा स्थिति नियन्त्रणमा लिनका लागि राष्ट्रिय गार्ड र अमेरिकी मरिन तैनाथ गर्न आदेश दिएको छ। यद्यपि, क्यालिफोर्नियाका गभर्नरले भने यस सरकारी कदमविरुद्ध मुद्दा दायर गरेका छन्।

प्रदर्शनहरू ल्याटिनो जनसंख्या बढी भएका क्षेत्रहरूबाट सुरु भएका हुन्, जहाँ अध्यागमन अधिकारीहरूले छापा मारेर ठूलो संख्यामा ‘अवैध’ आप्रवासीहरूलाई पक्राउ गरेका थिए। लस एन्जलसमा प्रभावित क्षेत्रहरूमा धेरै सवारी साधनमा आगजनीका साथै लुटपाटका घटनाहरू पनि रिपोर्ट गरिएका छन्।

बीबीसी संवाददाता माया डेभिसका अनुसार मंगलबार टेक्सास, न्युयोर्क, सान फ्रान्सिस्को, सान्टा आना, फिलाडेल्फिया, एटलान्टा, सिकागो, वासिङ्टन डीसी, बोस्टन र सियाटलमा पनि विरोध प्रदर्शनहरू भएका छन्। प्रहरीले प्रदर्शनकारीहरूमध्ये दर्जनौंलाई पक्राउ गरेको जनाएको छ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka