काठमाडौं । प्रहरीले लागुऔषध कारोबारको सूचनाका आधारमा दुई भारतीय नागरिकलाई गोली हानी नियन्त्रणमा लिइएको छ।
लागुऔषध कारोबारको गरेको सूचना पाएपछि प्रहरीले गोली चलाएर नियन्त्रणमा लिइएका दुई जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ ।
बिज्ञापन
ट्रमा सेन्टरमा उपचार हुनेहरूमा भारत पश्चिम बंगाल घर भएका ४० वर्षीय सशीक आलम र सोही ठाउँका १८ वर्षीय मोहमद मञ्जियार छन् । उनीहरू दुवै जनालाई घुँडामुनि गोली लागेको छ । प्रहरीका अनुसार मञ्जियारलाई दुई र सशीकलाई एक गोली लागेको छ ।