Premier Cables
Premier Steel

राष्ट्रिय

नेपालमै भयो लिंग परिवर्तन शल्यक्रिया, ट्रान्सजेन्डर पुरुष बने महिला !

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, जेठ २५, २०८२  | अपराह्न २:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नेपालमै पहिलोपटक सफलतापूर्वक लिंग परिवर्तनसम्बन्धी शल्यक्रिया गरिएको छ ।

जनकपुरका २५ वर्षीया एक पारलैंगिक (ट्रान्सजेन्डर) व्यक्तिमा पुरुष लिंगका तन्तुलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जननेन्द्रिय अंगको पुनर्निर्माण गरिएको हो ।

बिज्ञापन

अस्पतालको प्लास्टिक सर्जरी विभागद्वारा यही जेठ १२ देखि १५ गतेसम्म पारलैंगिक समुदायका निम्ति आयोजित विभिन्न प्रकारका शल्यक्रियाका क्रममा उक्त शल्यक्रिया पनि गरिएको थियो । त्यस अवसरमा अनुहार तथा स्तनको पनि शल्यक्रिया गरिएको थियो ।

अस्पतालका प्रवक्ता एवं सहप्रा. डा. गोपाल सेढाइँले अब यो सेवा नेपालमै नियमित रूपमा उपलब्ध हुने भएकाले विदेश जानुपर्ने बाध्यता नरहेको बताए ।

उनले भने, “लिंग परिवर्तनजस्तो संवेदनशील र जटिल शल्यक्रिया धेरै खर्चिलो हुने कारणले हाल नेपालमै यो सुविधा उपलब्ध भएपछि पारलैंगिक समुदायलाई धेरै राहत मिल्नेछ । यसले पारलैंगिक समुदायलाई आफ्नो लैंगिक पहिचानको पूर्ति गर्न एक महत्त्वपूर्ण उपाय हुनेछ ।”

शल्यक्रियामा विदेशी प्लास्टिक सर्जन डा. एलिजा हामीडियन जाह्रोमीको नेतृत्व तथा विभागीय प्रमुख प्रा. डा. जयनमान श्रेष्ठको संयोजनमा सम्पूर्ण प्लास्टिक सर्जरी र एनेस्थेसिया टिमको सहभागिता थियो ।

डा. जयनमान श्रेष्ठका अनुसार, अबदेखि त्रिवि शिक्षण अस्पतालमा ‘जेन्डर अफर्मिङ क्लिनिक’ स्थापनासहित यस्ता सेवा नियमित रूपमा प्रदान गरिनेछ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka