Premier Cables

अपराध समाचार

देवानगञ्जमा तेस्रो पटक बिजुलीको ट्रान्सफर्मर चोरी

Calendar बुधबार, साउन ०७, २०८२  | बिहान ९:५१ बजे

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका –१ मध्यहर्षाहीमा जडान गरिएको ट्रान्सफर चोरी भएको छ । खेतमा सिचाईंका लागि जडान गरिएको ट्रान्सफर्मर गएराति चोरी भएको हो । स्थानीयका अनुसार मध्यहर्षाहीमा डिप बोरिङका लागि ट्रान्सफर्मर जडान गरिएको थियो ।

यो घटना केही दिनअघि देवानगञ्ज क्षेत्रमा अवस्थित बिजुलीको पोलबाट ट्रान्सफर चोरी भएको घटनासँग मेल खाएको विद्युत प्राधिकरण देवागञ्ज शाखाले जनाएको छ । चोरी भएको ट्रान्सफर्मरबाट तामाको तार खोलेर त्यसको खोल भने त्यसै खेतमा छाठिदिएको पाइएको गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले बताएका छन् ।

बिज्ञापन

देवानगञ्जमा ट्रान्सफर चोरीको यो तेस्रो घटना हो, जसमा चोरको पहिचान भने हुन सकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरिएको जनाएको छ ।

विभिन्न स्थानमा ट्रान्सफर चोरीले समस्याको स्तर बढाउँदै गएको प्राधिकरणको भनाइ छ ।स्थानीय बासिन्दाहरु र व्यवसायीहरुले सुरक्षा व्यवस्थामा सुधारको माग गरेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka