Premier Cables
Premier Steel

राजनीति

नेपालसँगको विशेष मित्रतालाई महत्व दिन्छौँ: जयशंकर

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर ०६, २०८३  | साँझ ७:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालसँगको विशेष मित्रतालाई भारतले महत्व दिने बताएका छन्।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग आइतबार साँझ नयाँ दिल्लीमा भेटवार्ता गरेपछि जयशंकरले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्।

विज्ञापन

उनले प्रधानमन्त्री शाहसँग भेट गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै नेपालसँगको विशेष मित्रतालाई भारतले महत्व दिने बताएका छन्।

जयशंकरले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज साँझ नयाँ दिल्ली भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्न पाउँदा खुसी लागेको छ। हामी नेपालसँगको विशेष मित्रतालाई महत्व दिन्छौँ।’

उनले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने प्रधानमन्त्री शाहको भेटवार्ताको प्रतीक्षा रहेको पनि बताएका छन्।

प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि आइतबार भारत पुगेका हुन्। नयाँ दिल्लीस्थित ताजमहल होटलमा भएको जयशंकरसँगको भेट उनको भारत भ्रमणको पहिलो औपचारिक कार्यक्रम थियो।

भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। त्यसपछि उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेट गर्नेछन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Premier Steel
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka