Premier Cables
Premier Steel

राजनीति विराटनगर

विराटनगर महानगरको मेयरमा उम्मेदवारी दिने ‘मूड’मा टिकाराम पुरी

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर ०६, २०८३  | अपराह्न १:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । शिक्षाकर्मी टिकाराम पुरीले विराटनगर महानगरपालिकाको प्रमुख (मेयर) पदमा उम्मेदवारी दिने इच्छा ब्यक्त गरेका छन् । हिमालय मातृभूमि फाउण्डेशनका अध्यक्ष रहेर भ्रष्टचार न्यूनिकरण गर्दै सुशासन र समृद्धिको लागि भन्दै देशभर अभियान चलाउँदै आएका पुरीले आसन्न स्थानीय तहको निर्वाचनमा मेयरमा उम्मेदवारी दिने इच्छा ब्यक्त गरेका हुन् ।

विराटनगर महानगरलाई आधुनिक शहरको रुपमा विकास गर्ने योजना र सामर्थ्य राख्छु भन्ने दाबी गरेका पुरीले घोषणा नै नगरेपनि मेयरको उम्मेदवार बन्ने सम्भावना देखाएका छन् । घोषणा गर्ने समय आउँछ भन्दै उनले भने, ‘विराटनगरलाई आधुनिक शहरको रुपमा विकास गर्न मन छ ।’ दृढ इच्छाशक्ति र दिर्घकालिन सोंचका साथ लाग्दा विराटनगरलाई सुन्दर र समृद्ध महानगरको रुपमा विकास गर्न सक्ने भिजन आफूसित रहेको उनले बताए । उही शैलि, उही तौरतरिकाले चल्दा कुनै बेलाको नेपालकै दोस्रो ठूलो शहरका रुपमा चिनिने विराटनगर आज कुन स्थानमा पुग्यो ? भन्ने प्रतिप्रश्न गर्दै पुरीले भने, ‘लक्ष्य अनुरुप चल्न सक्नुपर्छ, स्रोतको पहिचान र परिचालन गर्न सक्नुपर्छ, असम्भव केहि छैन ।’

विज्ञापन

इतिहास गर्विलो रहेपनि विभिन्न समयमा विराटनगरको नेतृत्व गर्नेहरुले त्यसको ओझ अनुसार विकास गर्न नसकेकोमा निराशा पोख्दै उनले भने, ‘अब पनि हामीले नगरे कस्ले गर्ने ? यो कुरा महानगरबासीले बुझिसकेका छन् ।’ पहिलो, दोस्रो, तेस्रो वर्ष हुँदै पाँच वर्षकै ठोस योजना बनाएर अघि बढ्दा विराटनगरको मुहार नै फेर्न सकिने जिकिर गरेका टिकाराम पुरीले यहाँ त चुनाव जितेपछि भइहाल्यो भन्ने मात्रै प्रवृत्ति देखिएको बताए ।

देशभरीकै उत्कृष्ट नीजि विद्यालयहरुमा चिनिने एभरेष्ट सेकेण्डरी स्कुल र एभरेष्ट कलेज सञ्चालन गर्दै आएका पुरी नीजि तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सनको पुर्व केन्द्रीय अध्यक्ष समेत हुन् । नेकपा एमाले निकट रहेर प्रदेश कमिटी सदस्य समेत बनेका पुरी नेकपा एमालेले पनि अपेक्षाकृत काम गर्न नसकेको भन्दै केहि समय अघि पार्टीबाट बाहिरिएका थिए ।

विराटनगर महानगरको मेयरमा उम्मेदवारी दिँदा कुन दलबाट दिने भन्ने प्रश्नमा उनले भने, ‘अहिले कसैसँग कुरा भएको छैन, समय आउँदै जाँदा बाँकी भनौंला ।’ पुरीले उम्मेदवारी दिने इच्छा ब्यक्त गरेसँगै नगरबासीमा भने विभिन्न अड्कलबाजि सुरु भएका छन् । पुरानै पार्टी नेकपा एमालेको उम्मेदवार, राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार, गठबन्धनको साझा उम्मेदवार वा स्वतन्त्र उम्मेदवार भन्ने जस्ता अड्कलबाजी भएपनि पुरीले भने, ‘कुतै कुरा भएको छैन, विराटनगरको मुहार फेर्न उम्मेदवारी दिने मन छ ।’

को हुन् टिकाराम पुरी ?
बुवा पदमलाल पुरी र आमा अमृता पुरीका सन्तानका रुपमा वि.सं.२०२३ बैशाख १ गते संखुवासभाको खाँदबारी–७ माल्टा खिप्रिङ (साविक) मा जन्मिएका पुरी विराटनगर– ५ का स्थायी बासिन्दा हुन् । एसएलसी उत्तिर्ण गरेपछि २०४२ सालमा उच्च शिक्षाका लागि विराटनगर आएका पुरीले अध्ययनसँगै शिक्षण पेशा सुरु गरेका थिए । केही समय शिक्षण पेशाको जागिर खाएका पुरीले पछि एभरेष्ट सेकेन्डरी स्कुल सञ्चालन गर्न थाले । अहिले एभरेष्ट स्कुल देशकै उत्कृष्ट नीजि विद्यालयहरु मध्ये एक भनेर चिनिन्छ । भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर दुवैमा अब्बल बनेको एभरेष्टका प्रिन्सिपल पुरी व्यवस्थापनका क्षेत्रमा कुशल ब्यक्तिको रुपमा परिचित छन् ।

यस्तै नीजि विद्यालयहरुको छाता संगठन प्याब्सनको मोरङ जिल्ला सदस्य, सचिव, अध्यक्ष हुँदै केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हालिसकेका पुरी संगठनभित्रको कुशल नेतृत्वको रुपमा समेत परिचित छन् । २०५४ सालमा प्याब्सन मोरङको सदस्य भएका पुरी त्यसपछि दुई कार्यकाल सचिव र दुई कार्यकाल अध्यक्ष हुँदै, दुई कार्यकाल केन्द्रीय उपाध्यक्ष बने । वरिष्ठ उपाध्यक्ष र अध्यक्षमा एकएक पटक चुनावमा पराजय ब्यहोरेपनि अन्तत पुरी प्याब्सनको केन्द्रीय अध्यक्षमा निर्वाचित भएरै छाडे । प्याब्सनको नेतृत्व गर्दा नीतिगत पैरवी, प्याब्सनको व्यवस्थापन तथा पूर्वाधारका क्षेत्रमा उदाहरणीय काम गरेका पुरी शैक्षिक क्षेत्रका लागि स्थापित नाम बनेको छ ।

उपत्यका भन्दा बाहिरबाट पहिलो पटक प्याब्सनको केन्द्रिय नेतृत्वमा पुगेका पुरीले प्याब्सनकै इतिहासमा पनि गर्विलो काम गरेको नीजि विद्यालयका सञ्चालकहरु सम्झन्छन् । उनले आफू नेतृत्वमा रहँदा नीजि विद्यालयमैत्री कानुन निर्माणमा तथा कोभिड कालमा खेलेको भूमिका महत्वपूर्ण रहेको उनीहरुको भनाई छ । यस्तै टिकाराम पुरीले काठमाडौंको तीनकुनेमा तीन तले भवन खरिद गरि प्याब्सनलाई व्यवस्थित गर्ने काम गरे ।

टिकाराम पुरीले नेतृत्व गरेका संगठनहरु जहिल्यै गतिशिल र सफल बन्ने गरेको नीजि विद्यालय सञ्चालकहरुको बुझाई छ । प्याब्सनकै नेता अर्जुन बस्नेत भन्छन्, ‘टिकाराम पुरी एक कुशल संगठक, कुशल व्यवस्थापक मात्रै नभई दृढ इच्छाशक्ति र अब्बल भिजन भएको ब्यक्ति हो ।’ उनका अनुसार आफूले पाएका जिम्मेवारीलाई अत्यन्त कुशलतापूर्वक सफल बनाउन सक्ने ब्यक्तिको रुपमा पुरी चिनिन्छन् ।

उमेर पुगेका हरेक नेपाली बेरोजगार बस्नै हुँदैन भन्ने मान्यता राख्ने टिकाराम पुरीले यूवाहरुलाई उत्पादनमा जोड्नुपर्ने र सबैले काम गर्नैपर्ने वातावरण बनाउनुपर्ने राज्यको दायीत्व रहेको तर्क गर्छन् । त्यसका लागि स्थानीय, प्रदेश र संघीय तीनै तहका राज्य जिम्मेवार हुनुपर्ने तर्क गर्ने पुरीले यो सम्भव रहेको समेत बताए । शिक्षणसंस्था सँगै पुरीले कृषि फार्म समेत सञ्चालन गर्दै आएका छन् । यस्तै उनले मोरङमा नै इलेक्ट्रोनिक गाडि उत्पादन गर्ने उद्योग समेत सञ्चालनको तयारी गरिरहेका छन् । यसका लागि एक चिनियाँ कम्पनीसँग एमओई समेत भइसकेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Premier Steel
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka