Premier Cables
Premier Steel

राजनीति

प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई दिल्लीले दियो विशेष कूटनीतिक महत्व

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर ०६, २०८३  | बिहान १०:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आइतबारदेखि सुरु हुने भारतको राजकीय भ्रमणलाई नयाँदिल्लीले विशेष कूटनीतिक महत्व दिएको छ। उनको स्वागतका लागि विमानस्थलदेखि राष्ट्रपति भवनसम्म विशेष तयारी गरिएको छ भने राजधानीका विभिन्न स्थानमा नेपाल र भारतका झन्डा राखिएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको यस भ्रमणलाई दुई देशबीच नयाँ राजनीतिक संवाद र सम्बन्ध विस्तारको अवसरका रूपमा हेरिएको छ।

विज्ञापन

प्रधानमन्त्री शाहलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम छ। नेपाली प्रधानमन्त्रीको स्वागतका लागि राज्यमन्त्री तहका अधिकारी खटाइनुलाई भारतले दिएको कूटनीतिक महत्वका रूपमा विश्लेषण गरिएको छ।

यसअघि सन् २००६ मा तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंह विमानस्थलमै पुगेर नेपाली प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई स्वागत गरेका थिए। त्यसयता नेपाली प्रधानमन्त्रीको स्वागतमा भारतीय मन्त्री, राज्यमन्त्री वा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी पुग्ने गरेका छन्। सन् २०२३ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँदा तत्कालीन विदेश राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी थिइन्।

राजकीय भ्रमणमा उच्चस्तरीय भेटवार्ता

भारतले प्रधानमन्त्री शाहको भ्रमणलाई राजकीय भ्रमणको औपचारिक स्वरूप दिएको छ। भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट, प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता, संयुक्त पत्रकार सम्मेलन तथा भारतीय प्रधानमन्त्रीले आयोजना गर्ने दिवाभोजको कार्यक्रम छ।

आइतबार दिउँसो ३ः४५ बजे नेपाल एयरलाइन्सको जहाजबाट नयाँदिल्ली पुग्ने प्रधानमन्त्री शाहले सोही दिन भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेट गर्नेछन्।

सोमबार राष्ट्रपति भवनमा उनको औपचारिक स्वागत तथा सम्मान कार्यक्रम हुनेछ। त्यसपछि राजघाट पुगेर महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ। प्रधानमन्त्री मोदीसँग हैदराबाद हाउसमा हुने वार्तापछि दुई देशबीच विभिन्न समझदारी तथा सम्झौतामा हस्ताक्षर र आदानप्रदान हुनेछ।

नयाँ राजनीतिक नेतृत्वसँग सम्बन्ध विस्तारको प्रयास

नेपालमा नयाँ राजनीतिक नेतृत्व स्थापित भएको र प्रधानमन्त्री शाहले परम्परागत राजनीतिक अभ्यासभन्दा फरक कार्यशैली अपनाउँदै आएको अवस्थामा भारतले उनीसँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्न खोजेको देखिन्छ।

भारतका लागि नयाँ नेतृत्वसँग कार्यगत सम्बन्ध स्थापित गर्नु, आर्थिक सहकार्य बढाउनु र द्विपक्षीय विश्वास बलियो बनाउनु महत्वपूर्ण विषय हुन्।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले पनि प्रधानमन्त्री शाहको भ्रमणलाई महत्वपूर्ण भन्दै यसले दुई देशबीचको साझेदारी थप सुदृढ बनाउन सहयोग पुग्ने बताएका छन्।

यसअघि नेपाली प्रधानमन्त्रीको पहिलो द्विपक्षीय विदेश भ्रमण भारतबाट सुरु हुने परम्परा थियो। तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ मा पहिलो द्विपक्षीय भ्रमण चीनबाट गरेर उक्त अभ्यास तोडेका थिए। प्रधानमन्त्री शाह भने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क गएपछि आफ्नो पहिलो औपचारिक विदेश भ्रमण भारतबाट सुरु गर्दैछन्।

नेपालको प्रोटोकलमा पनि चासो

भारतले प्रधानमन्त्री शाहको स्वागतका लागि विशेष तयारी गरिरहँदा नेपालमा भने उनको बिदाइ समारोह र प्रोटोकलको विषय चर्चामा छ।

यसअघि संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क जाँदा प्रधानमन्त्री शाहले परम्परागत गार्ड अफ अनर, रेड कार्पेट र औपचारिक बिदाइ समारोहमा सहभागिता जनाएका थिएनन्।

भारतले यसपटक राजकीय भ्रमणअघि गार्ड अफ अनरको व्यवस्था गर्न नेपाललाई अनुरोध गरेको भए पनि त्यसबारे औपचारिक जानकारी सार्वजनिक भएको छैन। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार शाह यसपटक पनि गार्ड अफ अनर लिने पक्षमा छैनन्।

प्रधानमन्त्री शाह ३४ सदस्यीय प्रतिनिधिमण्डलसहित भारत जाँदैछन्। भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार तथा निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Premier Steel
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka