Premier Cables
Premier Steel

मनोरञ्जन

चलचित्र ‘पाँच पाण्डव’ आजदेखि प्रदर्शनमा

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक २०, २०८३  | बिहान १०:०२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत नेपाली चलचित्र ‘पाँच पाण्डव’ आजदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ।

वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्रमा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला र इभा गिरी मुख्य भूमिकामा छन्।

विज्ञापन

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा दीपाश्री निरौला, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री) लगायतका कलाकारको पनि अभिनय छ।

नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलले तयार पारेका हुन्।

पौडेलका अनुसार चलचित्रमा महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई आधार बनाएर समकालीन नेपाली समाजको कथा प्रस्तुत गरिएको छ।

चलचित्रको छायांकन श्याम तामाङले गरेका छन् भने सम्पादन सुप्रिम पराजुलीको रहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka