Premier Cables
Premier Steel

अपराध

देवानगन्ज गोली प्रकरण: नेपाल-भारत सीमा क्षेत्रमा लुकेका तीन आरोपित पक्राउ

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज २९, २०८३  | राती ८:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

सुनसरी ।सुनसरीको देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीमा निरजकुमार यादवमाथि गोली प्रहार गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। यसअघि २ जना पक्राऊ परेका थिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलनमार्फत घटनामा संलग्न रहेको आरोपमा थप तीन जनालाई पक्राउ गरिएको जानकारी दिएको हो। घटनाकै दिन प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको थियो।

विज्ञापन

पक्राउ पर्नेमा देवानगन्ज गाउँपालिका–२ का १८ वर्षीय विष्णुकुमार यादव, २६ वर्षीय जयकृष्ण यादव (लाली), २७ वर्षीय कुन्दन यादव, २६ वर्षीय रणधीर यादव र २३ वर्षीय सुशील यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पुष्पराज मल्लका अनुसार उनीहरूलाई नेपाल–भारत सीमा क्षेत्रमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो। पक्राउ परेकाहरूमाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गत असोज ३ गते देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित लक्ष्मीनारायण मन्दिरनजिक युवतीको विषयलाई लिएर विवाद हुँदा निरजकुमार यादवमाथि गोली प्रहार भएको थियो।

गोली लागेर तिघ्रामा घाइते भएका यादवलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल लगिएको थियो। उपचारपछि उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँचै जनामाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka