Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

साउदी अरामकोको मुख्यालयमा मिसाइल आक्रमण, भवनमा आगलागी

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज २८, २०८३  | बिहान ९:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । साउदी अरेबियाको राष्ट्रिय तेल कम्पनी अरामकोको पूर्वी सहर धरानस्थित मुख्यालयमा मिसाइल आक्रमण भएको छ। आक्रमणपछि कम्प्लेक्सभित्रको एउटा भवनमा आगलागी भएको साउदी अधिकारीहरूले जनाएका छन्।

साउदी ऊर्जा मन्त्रालयका अनुसार मंगलबार भएको आक्रमणबाट लागेको आगो नियन्त्रणमा लिइएको छ। घटनामा कुनै मानवीय क्षति नभएको मन्त्रालयले स्पष्ट पारेको छ।

विज्ञापन

साउदी प्रेस एजेन्सी (एसपीए) का अनुसार अरामकोको प्रशासनिक भवनलाई लक्षित गरी आक्रमण गरिएको थियो। रोयटर्ससँग कम्पनीका एक स्रोतले एउटा बलिस्टिक क्षेप्यास्त्र कार्यालय भवनको माथिल्लो तलामा ठोक्किएको बताएका छन्।

आक्रमणको केही घण्टाअघि साउदी अधिकारीहरूले राजधानी रियादसहित विभिन्न क्षेत्रमा प्रहार गरिएका क्षेप्यास्त्रलाई हवाई रक्षा प्रणालीमार्फत निष्क्रिय पारेको बताएका थिए।

यसअघि यमनका हुथी विद्रोहीले साउदी अरेबियाका तेल पूर्वाधारलाई वैध सैन्य निशाना घोषणा गर्दै त्यहाँ कार्यरत कर्मचारी र सर्वसाधारणलाई क्षेत्र खाली गर्न चेतावनी दिएका थिए।

हुथी प्रवक्ता याह्या सारेईले यमनको राजधानी सानास्थित हुथी नियन्त्रित इन्धन केन्द्र खाली गर्न साउदी नेतृत्वको गठबन्धनले दिएको आदेशको जवाफमा यस्तो चेतावनी दिइएको बताएका थिए। उनले सानामाथि आक्रमण भए रियादमा कडा जवाफी प्रहार गर्ने चेतावनीसमेत दिएका थिए।

विश्वकै प्रमुख तेल उत्पादकमध्ये एक अरामकोको मुख्य सञ्चालन केन्द्रमा भएको यस आक्रमणले क्षेत्रीय सुरक्षा तनाव थप बढाएको छ।

(स्रोत: रोयटर्स, डीडब्ल्यू र अलजजिरा)

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka