Premier Cables
Premier Steel

कोशी प्रदेश

‘हाम्रो खुट्टा बाँधेर दौड भनियो’: मुख्यमन्त्री पाण्डे

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज २७, २०८३  | अपराह्न १२:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय सरकारले आवश्यक कानुन निर्माण नगर्दा प्रदेश सरकारहरूले प्रभावकारी रूपमा काम गर्न नसकेको बताएका छन्। उनले प्रदेशलाई पर्याप्त अधिकार नदिने तर काम गर्न नसकेको भन्दै आलोचना गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाएका छन्।

विराटनगरमा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा बोल्दै मुख्यमन्त्री पाण्डेले संघीय सरकारले प्रदेशको खुट्टा बाँधेर दौडिन निर्देशन दिएजस्तो अवस्था रहेको टिप्पणी गरे।

विज्ञापन

‘हामीलाई दौडिन सकेन, दौडिन सकेन भनेर चौतर्फी भनिएको छ, तर हाम्रो खुट्टा बाँधिएको छ,’ उनले भने, ‘खुट्टा बाँधेर दौड भन्दा दौडिन नसक्नु स्वाभाविक हो। अनि उल्टै नाच्न जान्दैन, आँगन टेढो भनेजस्तै टिप्पणी सुन्नुपरेको छ।’

मुख्यमन्त्री पाण्डेका अनुसार संघीयताको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण र प्रदेशका अधिकार सुनिश्चित गर्ने विषयमा संघीय सरकारले अपेक्षित गम्भीरता देखाउन सकेको छैन।

उनले यसअघिका प्रधानमन्त्रीहरूले प्रदेश सरकारलाई बलियो बनाउने कानुन निर्माणमा पर्याप्त ध्यान नदिएको आरोपसमेत लगाए। प्रधानमन्त्रीहरूसँग अधिकार र कानुनका विषयमा छलफल गर्दा समाधान खोज्नुभन्दा व्यंग्यात्मक टिप्पणी सुन्नुपरेको उनको भनाइ थियो।

मुख्यमन्त्री पाण्डेले वर्तमान प्रधानमन्त्रीसँग भने पर्याप्त छलफल गर्न नपाएको बताए।

संघीयता कार्यान्वयनमा राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रको केन्द्रीकृत सोच बाधक बनेको उनको आशय थियो। प्रदेश सरकारले प्रभावकारी रूपमा काम गर्न आवश्यक कानुनी आधार र अधिकार सुनिश्चित नभएसम्म संघीयताको मर्मअनुसार परिणाम दिन कठिन हुने उनले संकेत गरे।

अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा संघ, प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँट, कानुन निर्माण तथा समन्वयका विषयमा छलफल भइरहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka