काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अङ्कको गिरावट आएको छ।
बजार बन्द हुँदा नेप्से परिसूचक २०.४८ अङ्कले घटेर २ हजार ५६६.७६ विन्दुमा झरेको छ। आज बजारमा कुल ३ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
दिनभर ३५९ कम्पनीका ९० लाख ३ हजार कित्ता सेयर किनबेच भएका छन्। यस क्रममा कुल ४४ हजार ७७७ वटा कारोबार सम्पन्न भएका छन्।
आज कारोबार भएका कम्पनीमध्ये ३२ कम्पनीको सेयर मूल्य बढेको छ भने २४२ कम्पनीको मूल्य घटेको छ। त्यस्तै, ४ कम्पनीको मूल्य स्थिर रहेको छ। कुनै पनि कम्पनीको सेयर मूल्यमा ५ प्रतिशतभन्दा बढी उतारचढाव देखिएन।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। कम्पनीको करिब २२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। घलेम्दी हाइड्रोबाहेक अन्य कुनै पनि कम्पनीको कारोबार रकम १० करोड रुपैयाँभन्दा माथि पुग्न सकेन।
उपसमूहतर्फ फाइनान्स, होटल, हाइड्रोपावर र इन्भेस्टमेन्ट समूहका सूचक १ प्रतिशतभन्दा बढीले घटेका छन्। ट्रेडिङ समूहबाहेक अन्य सबै समूहगत सूचक १ प्रतिशतभन्दा कमले घटेका छन्। ट्रेडिङ समूहको सूचक भने सामान्य वृद्धि भएको छ।
